काठमाडौं, २४ माघ । प्रदेश नम्बर ३ मा माओवादी केन्द्रका बरिष्ठ नेता रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा निर्वाचित भएका छन्।
३ हजार ३ सय ९६ मतका साथ बादल राष्ट्रिय सभामा निर्वाचित भएका हुन्।
राष्ट्रिय सभामा वामगठबन्धनबाट अध्यक्षका लागि बादललाई माओवादी केन्द्रले राष्ट्रिय सभा उम्मेदवार बनाएको हो।
थापाको जीतको सुनिश्चितताका लागि वामगठबन्धनले एमालेका बेदुराम भूषालको उम्मेदवारी फिर्ता लिएको थियो।
प्रतिक्रिया दिनुहोस्