ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनामध्ये ३९ जना सांसदको टुंगो लाग्यो १७ सांसदको टुङ्गो लाग्न बाँकी


एबीसी न्यूज
२४ माघ २०७४, बुधबार   ९ : ११   बजे

काठमाडौं, २४ माघ  ।   राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनामध्ये ३९ जना सांसदको टुंगो लागेको छ । १७ जनाको टुंगो लगाउन अहिले मतगणना भैरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १, २, ३ र ७ का सवै सांसदको नाम टुंगो लागिसकेको सम्बन्धित निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।

बुधबार भएको चुनाबबाट प्रदेश नम्बर ३ का ८ जना, तथा प्रदेश नम्बर १ र ७ का २–२ जनाको नाम टुंगो लागेको हो । १ र ७ नम्बर प्रदेशबाट ६–६ जना र प्रदेश नम्बर २ का ८ जना सहित २४ जना सांसद यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । अब प्रदेश नम्बर ४, ५ र ६ को मात्रै अन्तिम परिणाम आउन बाँकी छ । प्रदेश नम्बर १ मा बुधबार भएको चुनावबाट एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई बिजयी हुनुभएको छ ।

प्रदेश नम्बर १ मा यसअघि नै बाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो । प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए । उनीहरुलाई आजै विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।

प्रदेश नम्बर ३ मावाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल ९पार्वती० र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएको निर्वाचन आयोगका शाखा अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।

यसैगरि प्रदेश नम्बर ४ मा भएको चुनावबाट माओवादी केन्द्रका खिमबहादुर विक विजयी हुनुभएको छ । यसअघि कांग्रेसका प्रकास पन्थ निर्विरोध भैसक्नुएको थियो । बाँकी ६ सदस्यको लागि अहिले मतगणना भैरहेको छ । प्रदेश नम्बर ५ मा ५ जनाका लागि मतगणना चलिरहेको छ । यो प्रदेशबाट कांग्रेसकी, अनिता देवकोटा, एमालेकी कोमल वली र मीना बुढा निर्विरोध भइसकेका छन् ।

प्रदेश नम्बर ६ मा बुधबारकाे चुनावबाट एमालेका नरपति लुवार र माओवादीका केन्द्रका जीवनबहादुर बुढा विजयी हुनुभएको छ । बाँकी ६ जनाको लागि मतगणना भैरहेको छ । प्रदेश नम्बर ७ मा पनि ८ जनाकै टुंगो लागेको छ । आजको चुनावबाट एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ ।

७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो ।

राष्ट्रियसभाका ५९ सदस्यमध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतीले मनोनयन गर्ने व्यवस्था छ भने ५६ जना चुनावबाट आउने व्यवस्था छ । २४ जना यसअघि नै निर्विरोध भएका थिए भने ३२ जनाको लागि आज चुनाव भएको हो । भोलीसम्म सवै परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Afghanistan Marks Five Years Since Chaotic US Withdrawal

Israeli Minister Calls for Increased Targeted Killings in Gaza

UK Prime Minister Burnham Targeted By AI Impersonator

Democrats and Republicans Criticize Trump Over Reduced Military Drills With South Korea

Somali Army Recaptures Baidoa After Clashes With Rebel Forces

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu