काठमाडौं, २४ माघ । राष्ट्रियसभामा निर्वाचित हुने ५६ जनामध्ये ३९ जना सांसदको टुंगो लागेको छ । १७ जनाको टुंगो लगाउन अहिले मतगणना भैरहेको छ । अहिलेसम्म प्रदेश नम्बर १, २, ३ र ७ का सवै सांसदको नाम टुंगो लागिसकेको सम्बन्धित निर्वाचन कार्यालयहरुले जानकारी दिएका छन् ।
बुधबार भएको चुनाबबाट प्रदेश नम्बर ३ का ८ जना, तथा प्रदेश नम्बर १ र ७ का २–२ जनाको नाम टुंगो लागेको हो । १ र ७ नम्बर प्रदेशबाट ६–६ जना र प्रदेश नम्बर २ का ८ जना सहित २४ जना सांसद यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए । अब प्रदेश नम्बर ४, ५ र ६ को मात्रै अन्तिम परिणाम आउन बाँकी छ । प्रदेश नम्बर १ मा बुधबार भएको चुनावबाट एमालेका खेम नेपाली र एमालेकै अगमप्रसाद बान्तवा राई बिजयी हुनुभएको छ ।
प्रदेश नम्बर १ मा यसअघि नै बाम गठबन्धनका नैनकला ओझा, विना पोखरेल, हरिचरण शिवाकोट, पर्शुराम मेघी गुरुङ्ग, तथा कांग्रेसका रमेशजंग रायमाझी र सरिता प्रसाई निर्विरोध निर्वाचित भैसक्नुभएको थियो । प्रदेश नम्बर २ मा कांग्रेसका जितेन्द्रनारायण देव र मुक्ताकुमारी यादव, राजपाका रमेशप्रसाद यादव र बृषेचन्द्र लाल संघिय समाजवादी फोरमा प्रमिला कुमारी र रामपृत पासवान एमालेका सुमनराज प्याकुरेल, माओवादीका शशीकला दाहाल, तथा गरि ८ जना नै निर्विरोध निर्वाचित भइसकेका थिए । उनीहरुलाई आजै विजयी भएको प्रमाण पत्र प्रदान गरिएको छ ।
प्रदेश नम्बर ३ मावाम गठबन्धनबाट एमालेका बलराम प्रसाद बाँस्कोटा, दिलकुमारी रावल ९पार्वती० र उदया पौडेल शर्मा, सिंहबहादुर विश्वकर्मा र रामचन्द्र राई माओवादी केन्द्रबाट रामबहादुर थापा बादल र कांग्रेसबाट राधेश्याम अधिकारी र धनकुमारी खतिवडा विजयी भएको निर्वाचन आयोगका शाखा अधिकृत हेमराज अर्यालले जानकारी दिनुभयो ।
यसैगरि प्रदेश नम्बर ४ मा भएको चुनावबाट माओवादी केन्द्रका खिमबहादुर विक विजयी हुनुभएको छ । यसअघि कांग्रेसका प्रकास पन्थ निर्विरोध भैसक्नुएको थियो । बाँकी ६ सदस्यको लागि अहिले मतगणना भैरहेको छ । प्रदेश नम्बर ५ मा ५ जनाका लागि मतगणना चलिरहेको छ । यो प्रदेशबाट कांग्रेसकी, अनिता देवकोटा, एमालेकी कोमल वली र मीना बुढा निर्विरोध भइसकेका छन् ।
प्रदेश नम्बर ६ मा बुधबारकाे चुनावबाट एमालेका नरपति लुवार र माओवादीका केन्द्रका जीवनबहादुर बुढा विजयी हुनुभएको छ । बाँकी ६ जनाको लागि मतगणना भैरहेको छ । प्रदेश नम्बर ७ मा पनि ८ जनाकै टुंगो लागेको छ । आजको चुनावबाट एमालेका चक्र स्नेही र महेशकुमार महरा विजयी हुनुभएको छ ।
७ नम्बर प्रदेशबाट कांग्रेसका बद्री पाण्डे र तारादेवी भट्ट, एमालेका शेरबहादुर कुँवर, इन्दु कडरिया, कमलाकुमारी वली र माओवादीका हरिराज चौधरी यसअघि नै निर्विरोध हुनुभएको थियो ।
राष्ट्रियसभाका ५९ सदस्यमध्ये ३ जना सरकारको सिफारिसमा राष्ट्रपतीले मनोनयन गर्ने व्यवस्था छ भने ५६ जना चुनावबाट आउने व्यवस्था छ । २४ जना यसअघि नै निर्विरोध भएका थिए भने ३२ जनाको लागि आज चुनाव भएको हो । भोलीसम्म सवै परिणाम आइसक्ने निर्वाचन आयोगले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्