चितवन,२५ माघ । नारायणगढ–मुग्लिन सडकखण्डको गाईघाटमा दुध वोक्ने ट्याङकर त्रिशुलीमा नदीमा खस्दा दुई जनाको मृत्यु भएको छ ।
नारायणगढबाट काठमाडौं तर्फ जाँदै गरेको बा ४ ख ६९५३ नम्बरको दुध बोक्ने ट्याङकर विपरित दिशाबाट आउँदै गरेको ना ७ ख ४३१४ नम्बरको ट्रकसँग ठक्करखाएपछि ट्याङकर नदीमा खसेका प्रहरीले जानकारी दिएको छ । मृत्यु हुनेमा ट्याङकरका चालक र सहचालकको मृत्यु भएको तर सनाखत हुन नसकेको प्रहरीले जानकारी दिएको छ ।
ट्याङकर सडकवाट नदीमा खसेको र पानीमा थोरै भाग मात्र देखिएको जिल्ला प्रहरी कार्यालय चितवनले जानकारी दिएको छ । ठोकिएको ट्रक भने सडकको कुनातर्फको नालिमा खसेको छ ।शसस्त्र प्रहरी, जनपथ प्रहरी र स्थानीयको सहयोगमा शव निकालिएको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस्