ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ भदौ २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

स्नातकोत्तर तह सञ्चालनका लागि महायज्ञ


एबीसी न्यूज
२५ माघ २०७४, बिहिबार   १० : ३७   बजे

ताप्लेजुङ, २५ माघ। ताप्लेजुङमा रहेको पाथीभरा बहुमुखी क्याम्पसले स्नातकोत्तर तहको कक्षा सञ्चालनका लागि बुधबारदेखि महायज्ञ शुरु गरेको छ । क्याम्पस स्थापना भएको २७ वर्षपछि तह वृद्धिका लागि पूर्वाधार निर्माणमा आवश्यक रकम जुटाउने उद्देश्यले क्याम्पसले श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ लगाएको हो ।

अर्थ संकलनका लागि जिल्लामा गरिएको यो पहिलो महायज्ञ हो । करिब रु दुई करोडभन्दा बढी संकलन गर्ने लक्ष्यका साथ शुरु भएको महायज्ञमा पहिलो दिन नै विभिन्न दाताले रु पाँच लाखभन्दा बढी दान गरेका छन् ।

क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्रप्रसाद तुम्याहाङका अनुसार ठेकदार जसबहादुर लिम्बूले रु एक लाख ५१ हजार, नेपाली काँग्रेस, ताप्लेजुङ–काठमाडाँै सम्पर्क समिति अध्यक्ष युवराज गुरुङले रु एक लाख ११ हजार र काँग्रेस ताप्लेजुङका नेता अमिर मादेनले रु एक लाख ११ हजार दिनुभएको छ । यस्तै, प्याब्सन ताप्लेजुङले रु एक लाख ११ हजार प्रदान गरेको प्याब्सनका कोषाध्यक्ष देवराज गुरुङले जानकारी दिनुभयो ।

जिल्ला शिक्षा अधिकारी चैतन्यप्रसाद निरौलाले एक महिनाको तलब उपलब्ध गराउनुभएको छ । क्याम्पस परिसरमा सञ्चालित महायज्ञ आगामी फागुन २ गतेसम्म सञ्चालन हुनेछ । महायज्ञ शुरु हुनुपूर्व बुधबार बिहान सदरमुकाम फुङलिङ बजारमा कलश यात्रा गरिएको थियो । विसं २०४७ मा स्थापना भएको यस क्याम्पसमा शिक्षा, मानविकी र व्यवस्थापन संकायतर्फ स्नातक तह सम्मको पठनपाठन हुँदै आएको छ । यसै वर्षदेखि शिक्षा संकायतर्फ स्नातकोत्तर तहको पठनपाठनका लागि त्रिभुवन विश्वविद्यालयमा यसअघि निवेदन गरिएको क्याम्पस प्रमुख मोहनकुमार राईले जानकारी दिनुभयो ।

महायज्ञबाट संकलित रकम भवन निर्माण, ई–लाइब्रेरी, विद्युतीय प्रविधि सेवा सञ्चालन र दक्ष जनशक्तिको व्यवस्थापनमा खर्च गरिने क्याम्पस सञ्चालक समितिका अध्यक्ष गजेन्द्र तुम्याहाङले जानकारी दिनुभयो ।

बर्षेनी यस क्याम्पसबाट स्नातक तह उत्तीर्ण गरी ठूलो खर्चसहित जिल्लाबाहिर जानुपर्ने विद्यार्थीको वाध्यतालाई अन्त्य गर्ने उद्देश्यले आयोजना गरिएको महायज्ञमा सहभागी भई सहयोग गर्न सबैमा क्याम्पस प्रमुख राईले आग्रह गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

दुर्गा प्रसाईँसँग वार्ता गर्न सरकारले समिति गठन गर्‍यो

कांग्रेसलाई ‘बिग टेन्ट’ पार्टीका रूपमा पुनर्गठन गर्न डिला संग्रौलाको जोड

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Afghanistan Marks Five Years Since Chaotic US Withdrawal

Israeli Minister Calls for Increased Targeted Killings in Gaza

UK Prime Minister Burnham Targeted By AI Impersonator

Democrats and Republicans Criticize Trump Over Reduced Military Drills With South Korea

Somali Army Recaptures Baidoa After Clashes With Rebel Forces

Settler Violence Escalates in West Bank’s Last All-Christian Village

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu