काठमाडौं, २६ माघ । एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहल प्रचण्डबीच आज पनि छलफल भइरहेको छ । हिजोमात्र झण्डै ३ घण्टा लामो छलफल गरेका दुई नेताले आज एकता संयोजन समितिको बैठक गर्ने सहमित गरेका थिए । समितिका कतिपय सदस्यहरु राजधानीमा नभएका कारण दुई शीर्ष नेताहरुले पार्टी एकताका बारेमा ठोस खाका बनाउने उद्धेश्य सहित छलफल गरिरहेको बुझिएको छ ।
दुई नेताको छलफल लगत्तै आजै प्रचण्ड चितवनको कार्यक्रमका लागि जानेछन् ।
प्रतिक्रिया दिनुहोस्