ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

प्रदेश ५ : फागुन ३ गते मुख्यमन्त्री पोख्रेलसहित अन्य दुईको शपथग्रहण


admin
२८ माघ २०७४, आइतबार   ७ : ३०   बजे

काठमाडौं, २८ माघ । एमाले संसदीय दलका नेता शंकर पोख्रेलले मुख्यमन्त्रीको रुपमा फागुन ३ गते शपथप्रहण गर्ने तयारी सुरु गरिएको छ । प्रदेश नं. ५ मा फागुन ३ गते मुख्यमन्त्रीको रुपमा एमाले संसदीय दलका नेता शंकर पोख्रेल सहित अन्य दुई जनाले पनि सपथ लिने कार्यक्रम तय भएको छ।

नेकपा माओवादीका नेता तथा प्रदेशसभा सदस्य इन्द्रजीत थारु कार्यक्रमबारे जानकारी दिँदै भने , ‘फागुन ३ गते मुख्यमन्त्रीसहित अन्य दुई जना मन्त्रीले सपथ लिने तयारी भैरहेको छ । एमालेबाट मुख्यमन्त्री शंकर पोख्रेल, एमालेबाटै मन्त्रीको रुपमा बैजनाथ चौधरी र माओवादी केन्द्रवाट कुलप्रसाद केसीले मन्त्रीको रुपमा सपथ लिनुहुने छ।’

चौधरी र केसीले कुन मन्त्रालय सम्हाल्ने विषयमा अझै टुंगो लागिसकेको छैन। आइतबार प्रदेश नम्बर ५ मा सरकार गठनका लागि वाम गठबन्धनले दाबी पेश गरेका थियो।

एमाले संसदीय दलका नेता शंकर पोख्रेल र माओवादी केन्द्रका संसदीय दलका नेता कुलबहादुर केसीको हस्ताक्षरसहित प्रदेश सरकार गठनका लागि प्रदेश प्रमुख उमाकान्त झा समक्ष दावी पेश गरेका हुन्।

झा समक्ष पेश गरिएको दावीमा ५ नम्बर प्रदेशका एमाले संसदीय दलका नेता शंकर पोख्रेललाई मुख्यमन्त्री बनाउन प्रस्ताव गरिएको छ।

प्रदेश सरकार गठनको दावी पेश गर्न एमाले उपमहासचिव विष्णु पौडेल, माओवादी नेता वर्षमान पुन अनन्त पनि प्रदेश कार्यालयमा पुगेका थिए।

८७ सदस्यीय प्रदेश नम्बर पाँचमा एमालेका ४१ र माओवादी केन्द्रका २० सहित वाम गठबन्धनको स्पष्ट बहुमत छ। चुनावअघि नै एमाले र माओवादीबीच ५ नम्बर प्रदेशमा पोख्रेललाई मुख्यमन्त्री बनाउने सहमति भएको थियो। यसअनुसार पोखरेल निर्विरोध रुपमा एमाले संसदीय दलको नेता चयन भएका थिए।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

गण्डकी सरकारले एक अर्ब बढाएर ल्यायो बजेट (पूर्णपाठ)

हिमालपारि कांग्रेसको राहत: मुस्ताङबाट योगेश गौचन थकालीको सानदार जित

स्याङ्जाको एक मतदान केन्द्रमा मतदान रोकियो: मतपत्रमा हस्ताक्षर नभएको विवाद

‘देश जोगाउने कि ध्वस्त पार्ने?’ : प्रचण्ड

‘देउवा–ओलीसँग भेट्दैमा तरंगित नहुनुहोस्’ : प्रचण्ड, ‘यसपटक कांग्रेस–एमालेसँग सहकार्य हुँदैन’

बागलुङमा २ क्षेत्रको चुनावी मैदान: कसको अवस्था कस्तो छ त ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group