काठमाडौं, २९ माघ । संघीय समाजवादी फोरमले समानुपातिक सांसदको नामको टुङ्गो लगाएको छ। निर्वाचन आयोगले संघीय समाजवादी फोरमको छ जना समानुपातिक सांसद निर्धारण गरेको थियो ।
सोही अनुसार आइतबार राति गरिएको निर्णयबाट फोरमले ५ महिला र १ पुरुषको नाम निर्वाचन आयोगमा बुझाउन लागेका हो।
फोरमले राजेन्द्र श्रेष्ठ, सरिता गिरी, रेणुका गुरुङ, रेणु यादव, कलुदेवी बिक, रुही राजलाई समानुपातिक सांसद बनाउने निर्णय गरेको हो।
श्रेष्ठ आदिवासी पुरुष कोटामा सिफारिश भएका हुन् भने अरु महिला कोटामा सिफारिश भएका हुन्।
सिफारिश भएका सबै समानुपातिक सूचीको क्लष्टरमा पहिलो नम्बरमा थिए।
प्रतिक्रिया दिनुहोस्