ABC NEWS NEPAL | No.1 News channel of Nepal
१३ भदौ २०८३, शनिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट नडराउन स्वास्थ्य मन्त्रालयको जानकारी


एबीसी न्यूज
५ पुस २०८०, बिहिबार   ८ : ४१   बजे

काठमाडौ ५ पौष ।
सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टबाट तत्काल डराउनुपर्ने अवस्था नरहेको जनाएको छ । स्वास्थ्य मन्त्रालयले पछिल्लो नयाँ भेरियन्टको जोखिम नेपाल पनि बढेको तर नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा।प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा भारतको केरला राज्यमा सङ्क्रमण देखिएको र यसबाट त्यति धेरै डराउनु नपर्ने बताए।

उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताएका छन ।डा। बुढाथोकीले विगतमा कोरोनाकै बेला तयार गरिएको सघन उपचार कक्ष आईसीयू, अक्सिजनलगायत भौतिक पूर्वाधार अहिले पनि आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । तर अहिले देखिएको नयाँ भेरियन्ट नयाँ भए पनि नयाँ लक्षण यसमा नरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ । अहिले भारत र चीनमा श्वासप्रश्वासको समस्या बढिरहेको छ ।

त्यही श्वासप्रश्वाससम्बन्धी नै लक्षण अहिलेको नयाँ भेरियन्टमा देखिएको र नेपालमा सङ्क्रमण देखिए र फैलिएमा भैरहेका भौतिक पूर्वाधार र जनशक्ति प्रयोग हुने भएकाले आत्तिहाल्नुपर्ने अवस्था नरहेको मन्त्रालयले जनाएको छ । डा। बुढाथोकीका अनुसार सीमानाका र अन्तर्राष्ट्रिय विमानस्थलमा रहेका हेल्थ डेस्कलाई तयारी अवस्था राखिएको छ । साथै श्वासप्रश्वाससम्बन्धी आएका बिरामीलाई विशेष निगरानी गर्न पनि आग्रह गरिएको छ । लामो समयसम्म श्वासप्रश्वासमा समस्या देखिएका बिरामीलाई अणुवांशिक अध्ययन अर्थात् जिन सिक्वेन्सिङ गर्न भनिएको छ ।

धेरैले कोरोना भाइरसविरुद्धको खोप लगाइसकेको हुनाले नयाँ भेरियन्टको सङ्क्रमणको रोकथाम पनि विगतमा लगाएको खोपले नै गर्ने डा। बुढाथोकीले बताए। विश्व स्वास्थ्य सङ्गठन डब्ल्यूएचओले भारतको केरला राज्यमा कोभिड–१९ को नयाँ भेरिएन्ट भेटिएको पुष्टि गरिसकेको छ ।नयाँ सवभेरिएन्ट जेएन डट वान हो । डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सन सेन्टर अमेरिकाका अनुसार यो सवभेरिएन्ट बीए टू डट एट सिक्सको वंशज हो   विश्व स्वास्थ्य सङ्गठनका अनुसार नयाँ सवभेरिएन्टको सङक्रमणबाट ज्वरो आउने, सिँगान बग्ने, घाँटी दुख्ने, टाउको दुख्ने, पेट दुख्ने र पखाला लाग्ने जस्ता लक्षण देखिन्छन् ।कोरोना भाइरसको स्वरूपमा निरन्तर परिवर्तन भइरहेको र फैलनका लागि सहज वातावरण बनाउँदै गएकाले नेपालमा पनि सतर्कता अपनाउनु पर्ने जनस्वास्थ्य विद्को सुझाव छ ।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

सुरूङको उद्धारका लागि भारतीय टोली परिचालन भयो, चीनको आउँदैछ : परराष्ट्रमन्त्री

त्रिशूली–३ ‘ए’ सुरुङमा फसेकाको उद्धारमा महत्वपूर्ण प्रगति, माथिल्लो भागमा प्वाल बनाएर हावा पठाउन सुरु

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Nepal Receives Over $40 Million in Disaster Relief Funding

Nepal Foreign Minister Receives Condolences From Venezuelan Counterpart

Nepal Begins Burial of Flood Victims While Preserving DNA for Identification

Nepal Prime Minister Assures Support for Flood-Affected Communities

Nepal and China Discuss Flood Response After Rasuwa-Gyirong Port Area Devastation

Haitian Gangs Release Kidnapped Captives Following Deadly Attack in Kenscoff

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu