काठमाडौं, ६ फागुन । सुन्धारास्थित केन्द्रीय कारागारभित्र संग्रालय बनाईने भएको छ। संग्रालयमा जेलमा प्रयोग हुने पुराना सामान तथा केन्द्रीय कारागारमा बसेका चर्चित नेताहरुको विवरण राखिने छ ।
काठमाडौं महानगरपालिकासँगको सहकार्यमा केन्द्रीय कारागारले संग्रालय बनाउन लागेको हो। संग्रालय बनाउन महानगरपालिका सहयोग गर्न तयार भएको केन्द्रीय कारागार कार्यालयका अधिकृत कुल प्रसाद रेग्मीले बताए।
‘संग्रालयमा पुराना जन्जिर तथा त्यतीखेर प्रयोग हुने धेरै सामानहरु हामीसँग छन्,’ त्यसलाई हामीले लिलामी गर्नुभन्दा संग्रालय बनाएर राख्न लागेका हौं। केन्द्रीय कारागार तथा भद्रजेलमा बसेका चर्चित नेताहरुको जेल जीवनबारे पनि संग्रालयमा राखिने रेग्मीले बताए।
प्रतिक्रिया दिनुहोस्