ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

नेपालमा गर्भपतन गराउनेको डरलाग्दो तथ्याङ्क (भिडियो)


admin
८ श्रावण २०७४, आइतबार   १० : १२   बजे

काठमाडौं । हाम्रो देशमा गर्भवतनले कानुनी मान्यता पाएको एक दशक नाघिसक्यो । महिला अधिकारको रुपमा मान्यता पाएको गर्भपतन अहिले भने विकृतिमा रुपान्तरण भएको छ । गर्भपतनलाई कानुनी मान्यता प्रदान गर्नुको उदेश्य गर्भपतनका घटना बढाउनु थिएन । तर, हरेक वर्ष गर्भपत गराउनेको संख्या बढिरहेको छ ।

नेपालमा बर्षेनी ३ लाखभन्दा बढीले गर्भपतन गराउने गैह्सरकारी संस्थाहरुको तथ्याङ्क छ । असुरक्षित यौन सम्पर्क गर्नेहरुले त गर्भपतन गराउने नै भए । पछिल्लो पर्षहरुको तथ्याङ्क हेर्ने हो भने नेपालमा बलात्कार तथा हाडनाता करणीका कारण गर्भपतन गराउनेहरुको संख्या पनि बढ्दो छ । तुलनात्मक रुपमा हेर्दा गाउँघर भन्दा शहरबजारमा गर्भपतन गराउनेको संख्यो बढी छ ।

नेपालमा गर्भपतनकै कारण हरेक वर्ष थुप्रै महिलाले ज्यान गुमाई रहेका छन् । कुनै समय नेपालमा गरीबी र अशिक्षाका कारण महिलाहरुले गर्भपतन गराउथे । गर्भपतनको मुद्दामा जेल पर्ने पनि तिनै गरीब र अशिक्षित महिलाहरु नै हुन्थे । अहिले गर्भपतन अधिकारका रुपमा स्थापित भएको छ । तर अहिले शिक्षित महिलाहरु प्रजनन अधिकारको नाममा गर्भपतन गराइरहेका छन् र यसले बिकृतिको रुप लिन थालेको छ ।

आफ्नो शरीरमा आफ्नै अधिकार हुनुपर्छ भन्ने आवाजसँगै नेपालमा सन् २००२ मा गर्भपतनले कानुनी मान्यता प्राप्त गरेको हो । महिला अधिकारकर्मी तथा स्वास्थ्यकर्मीहरुले यो माग उठाएपछि मातृ मृत्युदरलाई कम गराउन सुरक्षित गर्भपतनलाई कानुनी मान्यता दिइएको हो । गर्भपतनलाई कानुनी रुपमा सुरक्षित गराउनुको अर्थ गर्भपतनका घटना बढाउनु थिएन । तर अहिले भइरहेको गर्भपतनका गतिबिधिले भने त्यही नै देखाएको छ ।

प्रजनन अधिकारको नाममा गर्भपतन बिकृतिका रुपमा बढ्दै छ । नेपालमा बर्षेनी ३ लाख २३ हजार गर्भपतन हुन्छ । प्रजनन उमेर अर्थात १५ देखि ४९ बर्षसम्मका महिलाहरुले गर्भपतन गराउने गरेको तथ्यांकले देखाएको छ । तर सरकारी तथ्यांक अनुसार बर्षेनी १ लाख गर्भपतन हुने गरेको परिवार स्वास्थ्य महाशाखाका निर्देशक डक्टर नरेश केसी बताउछन् ।

कृपा नामको संस्थाले गर्भपतन सम्बन्धमा सार्वजनिक गरेको सन् २०१६ को प्रतिवेदनले भने सरकारी तथ्यांक भन्दा तीन गुणा भन्दा बढी गर्भपतन हुने देखाउँछ । अर्थात यो संख्या ३ लाख २३ हजारको हाराहारीमा छ । यी मध्ये आधा भन्दा कम अर्थात् ४२ प्रतिशत मात्रले सरकारी मान्यता पाएको संस्थाबाट गर्भपतन गराउँछन् । बांकी ५८ प्रतिशत सरकारी मान्यता नभएको संस्थाबाट मनोमानी ढंगले लुकीछीपी गर्भपतन गराएको तथ्यांक पाइएको कृपाका सहनिर्देशक महेश पुरीको भनाई छ ।

असुरक्षित गर्भ रहेमा १२ हप्ता र जबर्जस्ती बलात्कार र हाडनाताबाट गर्भ रहे १८ हप्तासम्मको गर्भपतन गराउने कानुनी मान्यता रहेको छ । अविवाहित तथा श्रीमान बिदेशिएका महिलाहरुको मुद्दा बढी आउने गरेको जिल्ला सरकारी वकीलको कार्यालय काठमांडौका उपन्यायाधिवक्ता मणिराम न्यौपानेले जानकारी दिनु भयो ।

यसैगरी प्रहरी प्रशासनमा पनि बलात्कार तथा हाडनाता करणीका मुद्दाहरु बर्षेनी बढ्दो छ यी कारणबाट समेत गर्भपतनको संख्या पनि बढेको छ । नेपाल प्रहरीका प्रबक्ता सर्वेन्द्र खनालका अनुसार गाउँघरमा भन्दा शहर बारमा यस्त खालका बढी दर्ता हुने गरेको छ ।

गर्भपतन सुरक्षित तरिकाले गराउनुपर्छ भनेर सरकारले निशुल्क ब्यवस्था पनि गरी दिएको छ तर पनि असुरक्षित गर्भपतन गराउनेको संख्या बढी हुने गरेको तथ्यांकले देखाएको छ । निजी स्वास्थ्य संस्था तथा गाउघरमा पाईने जडीबुटी र सरकारले गर्भपतनका लागि अनुमति नदिएको औषाधी प्रयोग गरेर ब्यवसायिक रुपमै बढी गर्भपतन गराइने गरेको छ ।

राज्यले कानुन बनाउछ तर कानुनको दुरुपयोग भए नभएको अनुगमन गर्दैन । सांसद रञ्जुकुमारी झा प्रजनन अधिकारको नाममा गर्भपतन बिकृतिका रुपमा बढी रहेको स्वीकार्छिन् । महिलाको आफ्नो शरीर माथि आफ्नै अधिकार हुनुपर्छ भन्ने मान्यताका आधारमा नै १४ बर्ष अघि गर्भपतनले कानुनी मान्यता पाएको हो । यसपछि मातृ मृत्युदर त घटेको छ तर गर्भपतनका नाममा बिकृति भने बढदै गैरहेको छ ।

कानुन अनुसार, असुरक्षित गर्भ रहेमा १२ हप्ता र बलात्कार तथा हाडनाता करणीबाट गर्भ रहे १८ हप्तासम्मको गर्भपतन गराउन मिल्छ । तर, हाम्रो कानुनको दुरुपयोग भएको छ । कानुनको दुरुपयोग हु“दा महिलाहरुको स्वास्थ्य जोखिममा पर्ने गरेको छ ।

गर्भधारण र गर्भपतनका लागि कुनै पनि महिलाले निश्चित उमेर पार गरेको हुनु पर्छ । तर, हाम्रो देशमा कम उमेरका युवतिहरुले समेत गर्भपतन गराउने गरेको तथ्याङ्कले देखाउछ । जुन असुक्षित मानिन्छ । असुरक्षित गर्भपतनले धेरै महिलको ज्यानै लिइसकेको छ । बाध्यात्मक परिस्थितिमा गर्भपतन ठिकै मान्न सकिन्छ । तर, त्यो पनि सुक्षित हुनु पर्छ । गर्भपतन महिलाको अधिकारकै रुपमा स्थापित भएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

‘रिसेट’ को सन्देश बोकेर दिल्लीमा शिशिर खनाल: नेपाल–भारत सम्बन्धको नयाँ अध्याय कि पुरानै आश्वासन ?

बालेन सरकारको ४० दिनः सुकुम्वासी बस्तीमा डोजर, कुटनीतिमा केटाकेटीपने दम्भ (भिडियो)

विद्यालय बन्ददेखि आन्तरिक मूल्यांकनसम्म: शिक्षा क्षेत्रमा अन्योल र बहस तीव्र (भिडियोसहित)

‘बालेनदेखि बफर स्टेटसम्म: नयाँ जनमत र ‘बाचा’ को राजनीतिमा नेपाल’ (भिडियो)

बालेन–निर्वाचित अधिनायकतर्फ, रविको साथ कहाँसम्म ? : प्रा.डा. कृष्ण हाछेथु(भिडियोसहित)

प्रधानमन्त्री शाहको सामूहिक कूटनीतिक भेट, सन्तुलित नीतिको सन्देश कि कूटनीतिक अपरिपक्वता ? (भिडियोसहित)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu