सिन्धुली– रानीचुरी ६ हाल कनपा १२ सिमलटोकका वडाध्यक्ष ललित बहादुर आलेले उक्त वडाका अग्नि पीडितलाई सहयोग गर्न पुन निर्माण तथा पुनः स्थापना अभियानसँग सहयोग मागेको छ ।
सिमलटोकका प्रेम बहादुर वुर्जा मगरलाई मिल्न सक्ने निर्माण तथा आर्थिक सुविधा उपलब्ध गराईदिन अभियानलाई सिफारिश गरेको छ । जनप्रतिनिधिले जनतासँग सहयोग माग्नु आश्चर्यको विषय हो । तर, जनप्रतिनिधिले पीडितलाई सहयोग गर्ने वातावरण सिर्जना नगरेर जनतासँगै सहयोग मागेका छन् । अभियानका संयोजक समाजसेवक उज्जवल विक्रम थापाले भने बुधबार अग्निपीडितलाई सहयोग गरेका छन् ।
मगरलाई २५ थान जस्ता, एक थान धुरी बुन्ने सादा जस्ता, सिरक, डसना, ४ थान गिलास, ४ थान थाल, १ थान ढेक्चि, डाडु, १ बोरा चामल, नुन, तेल, मस्यौरा लगायतको सामग्री अभियानले हस्तान्तरण गरेको छ । मगरको घरमा गत माघ २७ गते आगलागी भएको थियो । मगरको खरले छाएको चोटा भएको घरमा आगलागी हुँदा एक लाख बराबरको धनमाल नष्ट भएको थियो ।
संयोजक थापाले आफूलाई पीडितलाई सहयोग गर्न पाउदा गौरव लाग्ने गरेको बताए । ‘जनप्रतिनिधिहरुले गर्नुपर्ने काम आफूले गर्नु परेको छ । जनप्रतिनिधिहरुले जनताको समस्या बुझन् नसक्नु दुखद कुरा हो । उनीहरुले पीडितलाई सहयोग गर्ने वातावरण बनाउनु पर्छ ’ थापाले भने, ‘तर, पीडितलाई सहयोग गर्दा आफूलाई आनन्द आउँछ ।’ थापाले पीडितलाई सधैँ आफूले सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
विगतमा थापाले एकल प्रयासमा भुकम्पको बेला करोडौँ बराबरको राहदानी सिन्धुलीमा बाँडेका थिए । उनले अग्निपीडित, क्यान्सर पीडित लगायत जस्तो सुकै समस्या परेकालाई सहयोग गर्दै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्