ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

इँटाभट्टामा जिउँदै मान्छे जलाउने अफताब आलम सहित चार लाई २० वर्ष कैद


एबीसी न्यूज
१४ बैशाख २०८१, शुक्रबार   ५ : ४५   बजे

 

वीरगन्ज १५ बैशाख । इँटाभट्टामा हालेर मान्छेलाई जिउँदै जलाएको आरोपमा पुर्पक्षको लागि कारागारमा रहेका रौतहटका मोहमद अफताब आलमलाई अदालतले दोषी ठहर गर्दै सजाय सुनाएको छ।

आलमलाई रौतहट जिल्ला अदालतले जन्मकैदको सजाय सुनाएको अदालतका तहसिलदार दुर्गाबहादुर कार्कीले जानकारी दिए। उनी सहित मुद्दामा थप तीन जनालाई पनि जन्मकैदको सजाय भएको छ। घटना हुँदाका बखत कायम रहेको मुलुकी ऐनअनुसार जन्मकैदको फैसला हुँदा २० वर्ष जेल बस्नुपर्छ।

जिल्ला न्यायाधीश मातृका प्रसाद आचार्यको इजलासले महताव आलम, शेष सेराज र बद्री सहनीलाई जन्मकैदको सजाय आचार्यको इजलासले सुनाएको हो।

मुद्दामा एक जना मुक्ति साहलाइ भने अदालतले सफाइ दिएको छ । ११ जना प्रतिवादी रहेको मुद्दा फरार रहेका ६ जनालाई हकमा मुद्दा मुल्तवीमा राखेको तहसिलदार कार्कीले बताए ।
उनी हरु पक्राउ परेपछि मुद्दा चल्नेछ। सोमबार र हिजो बुधबार हेर्दाहेर्दैमा राखिएको थियो।

६ महिना अघि नै दुवै पक्षका वकिलले बहस सके पनि अन्तिम फैसलाका लागि ढिलाइ भएको हो। ०६४ सालको पहिलो संविधानसभा निर्वाचनको एक दिनअघि चैत २७ गते शेख इद्रिसको घरमा बम विस्फोट हुँदा यमुनामाई गाउँपालिका ४ सरुअठाका २४ वर्षीय त्रिलोक प्रताप सिंह र २२ वर्षीय ओसी अख्तरको मृत्यु भएको थियो।

विस्फोटमा परी घाइते भएकाहरूलाई जिउँदै इटाभट्टीमा जलाइएको आरोप लगाउँदै त्रिलोकका बुवा श्रीनारायण सिंह राजपुतले ०७६ साल कार्तिक १८ गत आलमसहित विरुद्ध किटानी जाहेर दिएका थिए।

संविधानसभा चुनावलाई प्रभावित पार्न आलम आफैँले विष्फोट गराउने उद्देयश्यका साथ बम बनाउँदा विष्फोट भएको थियो। त्यसबेला विष्फोटमा माओवादीको संलग्नता रहेको दाबी गरिए पनि आलमकै ढाकछोपमा घटना लुकाइएको थियो।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group