काठमाडौँ, १५ फागुन । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अस्थायी प्रहरी पोष्ट लक्ष्मीनियाँ, धनुषामा कार्यरत प्रहरी जवान मनोज प्रसैलाविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयकाअनुसार मदिरा बिक्री वितरण सहज बनाइदिने भनी सेवाग्राहीसँग घुस रकम माग गरिरहेको अवस्थामा रु १० हजार घुससहित आयोग टोलीले केही दिनअघि प्रसैलालाई पक्राउ गरेको थियो ।
प्रहरी जवान मनोज प्रसैलाले सोही कार्यालयका प्रहरी सहायक निरीक्षक सन्तोषकुमार सिंहसंगको मिलेमतोमा घुस लिएको आयोगको आरोप छ ।
आयोगले बिगो असुल उपर गरी कैद सजायको माग गरेको छ ।
प्रतिक्रिया दिनुहोस्