काठमाडौँ, १७ फागुन । बिहिबार होलीको दिनमा अनुशासनविपरित गतिविधि गरेको आरोपमा विहीबार काठमाडौं उपत्यकाभर पाँच सय चार जना पक्राउ परेका छन्। पक्राउ परेकामध्ये २३ जना महिला पनि छन्।
महानगरिय प्रहरी कार्यालयका प्रवक्ता एसएसपी पुर्णचन्द्र जोशीले आवश्यक छानबिन गरेर मुद्दा चलाउने विषयमा निर्णय लिइने बताए। काठमाडौंमा मात्र चार सय २५ जना पक्राउ परेका छन् जसमा २१ जना महिला छन्।
काठमाडौं प्रहरी परिसर प्रमुख विश्वराज पोखरेलले जथाभावी लोला हान्ने , हातहतियर बोकेर हिँड्ने, मादकपदार्थ सेवन गरी शान्ती सुरक्षा खलबल बनाउनेलाई नियन्त्रणमा लिईएको र छानबिन गरेर मात्र मुद्दा चलाइने बताए।
प्रतिक्रिया दिनुहोस्