ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

त्रिविमा भइरहेको गुण्डागर्दी हटाउन शिक्षामन्त्रीको अपिलः ‘सुरक्षा प्रबन्ध गर्न गृहमन्त्रीसँग जोडदार माग गर्छु’


abc tv
५ भदौ २०८१, बुधबार   १० : २०   बजे

काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा गुण्डागर्दी बढेको भन्दै गृहमन्त्री रमेश लेखकसँग सुरक्षाको जोडदार माग गरेकी छन् ।

त्रिवि पदाधिकारीहरुमाथि हमला गर्न खोज्ने, प्राध्यापकहरुलाई धम्की दिएको भन्दै शिक्षामन्त्री भट्टराईले त्रिविमा सुरक्षाका लागि व्यवस्थित प्रवन्ध गर्न गृहमन्त्रीसँग माग गरेका हुन् ।

‘गुण्डागर्दी गर्ने छुट कसैलाई छैन’ सामाजिक सञ्जाल फेसबुकमा उनले लेखेकी छन्, ‘यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’

फेसबुकमा उनले लेखेका छन्, ‘त्रिभुवन विश्वविद्यालयमा केही दिनदेखि पदाधिकारीहरु माथि हमला गर्न खोज्ने र प्राध्यापकहरुलाई फोन गर्दै धम्कि दिने गरेको कारण सिङ्गो विश्वविद्यालय असुरक्षित बनेको छ । त्रिभुवन विश्वविद्यालयमा सुरक्षाका लागि व्यवस्थित प्रबन्ध गर्न म गृहमन्त्रीसँग जोडदार माग गर्दछु । गुण्डागर्दी गर्ने छुट कसैलाई छैन । यस्तो क्रियाकलापमा संग्लग्न व्यक्तिहरुलाई कानूनी दायरामा ल्याई कारवाही गर्न समेत म गृहमन्त्रालयलाई गम्भिरताकासाथ अनुरोध गर्दछु ।’

केही दिनदेखि त्रिविमा नेविसंघ आवद्ध विद्यार्थीहरुले गुण्डागर्दी शैलीमा त्रिवि पदाधिकारीलाई धम्क्याउने, धम्की दिने लगायतका गतिविधि गरेको भन्दै व्यापक विरोध जनाउँदै आएको छ । गृहमन्त्री लेखकले त्यस्ता गुण्डागर्दीलाई छुट दिएको भन्दै गृहमन्त्रीको व्यापक आलोचना समेत हुँदै आएको छ ।

शिक्षामन्त्रीले सामाजिक सञ्जालमार्फत नै सुरक्षाको माग गरेपछि ‘आवेग’मा यस्तो लेखिएको टिप्पणी भएका थिए । तर आफूले कुनै आवेगमा आएर नलेखेको उनले स्पष्ट पारेकी छन् ।

विगत पाँच दिनदेखि लगातार समन्वय गर्दा पनि धम्की दिने काम नहटेपछि सार्वजनिक अपिल गर्नुपर्ने भएरै आफूले सामाजिक सञ्जालमा लेखेको स्पष्ट पारेकी छन् ।

उनले फेसबुकमा लेखेकी छन्, ‘यहाँहरुले मलाई महत्वपूर्ण सुझाव दिनु भएकोमा आभारी छु । मैले सार्बजनिक अपिल गर्नु पर्ने भएर नै गरेको हुँ । कुनै आवेगमा आएर लेखेको होइन । विगत ५ दिन देखि लगातार सम्पर्क र समन्वय गरेको कुरा समेत जानकारी गराउन चाहन्छु ।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

सम्बन्धित

एमालेले विष्णु पौडेल पक्राउविरुद्ध संसदमा सशक्त प्रतिवाद गर्ने

२०१८ सालको हत्याकाण्ड : गगनलाई रविन्द्र मिश्रको काउन्टर?

रास्वपाको सहमहामन्त्रीमा रमेश प्रसाईं र यज्ञमणि न्यौपानेको उम्मेदवारी घोषणा

रास्वपाको जारी महाधिवेशन अन्तर्गत प्रतिनिधिको विवरण सार्वजनिक

विष्णु पक्राउसँगै एमाले ‘अलर्ट मोड’मा, ओली निवासमा साँझ निर्णायक छलफल

मेसी र हालान्डको जादु, एम्बाप्पेको दोहोरो प्रहार : विश्वकपमा रोमाञ्चक दिन

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group