काठमाडौं ७ भदौ । तनहुँको आँबुखैरेनीमा भएको बस दुर्घटनामा १४ जनाको शव निकालिएको छ। आँबुखैरेनीस्थित ऐनापहराबाट मर्स्याङ्दी नदीमा पोखराबाट काठमाडौँ हिँडेको यूपी ५३ एफडी ७६२३ नम्बरको भारतीय बस दुर्घटना भएको थियो।
उक्त दुर्घटनामा परेर अहिलेसम्म १६ जना घाइतेको उद्धार भएको कास्कीका प्रहरी प्रमुख एसपी मोहन थापाले जानकारी दिए।
उनका अनुसार, पोखराको मझेरी रिसोर्टमा बसेर यात्रुहरू बिहानै काठमाडौँतिर लागेका थिए। उक्त होटलमा थप विवरण बुझ्नका लागि अहिले प्रहरी टोली पुगेको छ।
अहिले उद्धार कार्य जारी छ।
जिल्ला प्रहरी कार्यालय तनहुँका एसपी विरेन्द्रबहादुर शाहीका अनुसार पोखराबाट काठमाडौं जाँदै थियो । प्रहरीले उक्त बसमा कम्तिमा ४० यात्रु रहेको प्रारम्भिक अनुमान गरेको छ ।
शाहीका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयले उद्धार गरिरहेका छन् ।
प्रतिक्रिया दिनुहोस्