बुटवल, १९ फागुन ।
नेपाल अदिबासी जनजाती पत्रकार महासंघ रुपन्देहीको पांचौ जिल्ला अधिवेशन सोनु थापाको अध्यक्षतामा १३ सदस्सीय जिल्ला शाखा समिती गठन गर्दै सम्पन्न भएको छ । अधिवेशनबाट दिप मगर उपाध्यक्ष, यशोदा थापा सचिव,तिलिसरा गाहा सह सचिव तथा कृती थापा कोषध्यक्षमा निर्वाचित भएकाछन् ।
अधिवेशनको आज बिहान नेपाल अदिबासी जनजाती पत्रकार महासंघको केन्द्रिय अध्यक्ष डण्ड गुरुङ्गले उदघाटन गरेका थिए । उदघाटन कार्यक्रमलाई सम्बोधन गदै अध्यक्ष गुरुङ्गले सरकारले बनाउदै गरेको आम सञ्चार नीति समावेशी बन्नुको विकल्प नभएको बताए । उनले संविधानमा विविधिता, संघीयताको परिकल्पना गरे अनुरुप नै आम सञ्चार नीति पनि समावेशी बन्नुपर्ने बताउंदै अव प्रदेश ले निर्माण गर्ने विभिन्न नीति तथा नियमपनि समावेशी हुनुपर्ने धारणा राखे । संघीयताको अभ्यास संगै बन्दै गरेका नीति तथा नियमहरु पनि समावेशी हुनुपर्ने भन्दै गुरु¨ले समावेशीकरण भएन भने त्यसलाई निरन्तर खबरदारीको आवश्यकता रहेको पनि स्पष्ट पारे । प्रदेश अधिकार बांडफाटको विषय लगायत स्थानिय तहमा निर्माण गरिने अन्य निति तथा नियमहरुप्रति निरन्तर खबरदारीको अवश्यकता रहेको उनको भनाई थियो ।
कार्यक्रममा नेपाल आदीवासी जनजाति युवा महासंघका केन्द्रीय महासचिव दिपक गुरुङ्ग, नेपाल आदीवासी जनजाति जिल्ला अध्यक्ष दल बहादुर विरकट्टा, प्रेस युनियन रुपन्देहीका अध्यक्ष विक्रम खड्का लगायतले अधिवेशनको सफलताको शुभकामना ब्यक्त गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्