ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मलेसियामा सम्पन्न दौडमा नेपालका दुई चेली बने पहिलो र तेस्रो


एबीसी न्यूज
३१ भदौ २०८१, सोमबार   १ : ५४   बजे

काठमाडौं ३१ भदौ । नेपालकी धाविका प्रिया राई एसियन ट्रेल मास्टर च्याम्पियन बनेकी छन्। प्रतियोगितामा गतवर्षकी च्याम्पियन रसिला तामाङ तेस्रो बनिन्।

गएको शनिबार बिहान मलेसियाको साबा प्रान्तस्थित लिङ्कुबाङबाट सुरु भई पेर्काबामा समाप्त भएको प्रमुख उपाधि दौडअन्तर्गत निर्धारित ७८ किलोमिटरको दूरी प्रियाले ११ घण्टा १३ सेकेन्डमा पूरा गरी च्याम्पियन बनेकी हुन्‌।

त्यसैगरी बेल्जियमकी सिङ्गापुर बासिन्दा भन्या सिनोप्स र नेपालकी रसिला तामाङले क्रमशः १२ घण्टा ३६ मिनेट ८ सेकेन्ड र १३ घन्टा १३ मिनेट ३९ सेकेन्डमा पूरा गरी दोस्रो र तेस्रो बने।

सन्‌ २०१४ बाट सुरु भएको दौडको यो नवौँ संस्करण हो। दौडमा नेपालले गतवर्ष र यो वर्ष महिलातर्फ ब्याक टु ब्याक जित निकालेको छ।

यसका साथै, पुरुषतर्फ क्यानाडाका हङकङ बासिन्दा जेफ्री क्याम्पबेल, जापानका हिसासी कितामुरा र फिलिपिन्सका आर्नी म्याकानेरास क्रमशस् पहिलो, दोस्रो र तेस्रो बने। उपाधि जित्ने आशा गरिएका नेपालका धावक अर्जुन कुलुङ राई भने कैयौँ किलोमिटर बाटो बिराउन पुग्दा टप टेनमा सीमित भएका छन्। दौडको क्रममा कतिपय सहभागी अफ रुट हुँदा जित्ने मौका गुमाउन पुग्छन्‌।

विजेता प्रियाले उक्त प्रतियोगिताको निम्ति दुई महिनाको तयारी गरेको बताइन्‌। मलेसिया गर्मी देश भएकोले उक्त मौसममा ‘फिट’ हुन गर्मीका दिनमा अभ्यास गर्ने गरेको उनले नेपालखबरसँगको कुराकानीमा बताइन्। जुन अभ्यासले जित निकाल्न सम्भव भएको उनी बताउँछिन्।

यसैगरी टिम इभेन्टमा पनि टिम नेपाल च्याम्पियन बनेको छ। टिममा हङकङका धावक दिनानाथ बगाले समेत सामेल थिए।

गतवर्ष मात्र राष्ट्रिय खेलकुद परिषद्‌ले मान्यता दिएको नेपाल एडभेन्चर रनिङ महासंघको मातहतमा महिलारपुरुष गरी ९ धावक(धाविका, प्रमुख प्रशिक्षक पूर्ण तामाङ, दुई अफिसियल्स समेत कुल १२ जना र हङकङबाट दिनानाथ बगाले उक्त टिममा सहभागी थिए।

यो भन्दा अगाडिका विभिन्न अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन कुनै व्यक्ति वा संस्थाको सहयोगमा नेपाली रनरहरू विभिन्न देशमा पुग्ने गर्थे।

पहिलो पटक अफिसियल प्रशिक्षकको भूमिकामा मलेसिया पुग्नुभयो। चुनौतीहरू कत्तिको सामना गर्नुभयोरु अनुभव कस्तो रह्योरु भन्ने नेपालखबरको प्रश्नमा पूर्वएलिट धावक समेत रहेका प्रशिक्षक पूर्ण तामाङले भने, ‘पहिलो पटक भएकोले अवश्य केही चुनौती र मानसिक दबाब रह्यो। पहिला धावक हुँदा कसरी दौड जित्ने भन्ने एक मात्र ध्येय हुन्थ्यो। तर प्रशिक्षक भएपछि खेलाडीहरूलाई आत्मबल दिनु, अन्य व्यवस्थापन गर्नु निकै चुनौतीपूर्ण रह्यो।’

हारको नैतिक जिम्मेवारी पनि प्रशिक्षकले नै लिनुपर्ने भएकोले व्यवस्थापकीय जिम्मेवारी निकै चुनौतीपूर्ण रहने उनी बताउँछन्। यद्यपि आफूहरूले आफ्नो लक्ष्य पूरा गरेको उनको दाबी छ।

प्रशिक्षक तामाङ थप्छन्, ‘खासमा महासंघको केही महिनाको तयारीले मात्र यति ठूलो अन्तर्राष्ट्रिय जित निकाल्नु चानचुने कुरा होइन।’

यस प्रतियोगितामा भाग लिन सोही वर्षभित्र कम्तीमा दुईवटा दौडमा राम्रो नतिजा ल्याउनेहरूले मात्र प्रवेश पाउँछन्। पनि आयोजना गरिने बताइएको छ। रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group