ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आईसीसी विश्वकप लिग २: नेपाल आज घरेलु टोली क्यानडासँग भिड्दै


एबीसी न्यूज
६ आश्विन २०८१, आइतबार   १२ : ३९   बजे

काठमाडौं ६ असोज । ओमान सम्मिलित आईसीसी विश्वकप लिग–२ त्रिकोणात्मक सिरिज अन्तर्गत आज ९आइतबार० घरेलु टोली क्यानडा र नेपाल भिड्दैछन्। क्यानडाको किंग सिटीमा हुने खेल राति पौने ९ बजे सुरु हुनेछ।

सिरिजका अघिल्ला दुई खेलमा पराजित भएको नेपाली राष्ट्रिय क्रिकेट टोली आजको खेलमा जित्नै पर्ने दबाबमा छ।

सिरिजको पहिलो खेलमा नेपाल घरेलु टोलीसँग १ सय ३ रनले पराजित भएको थियो। क्यानडाविरुद्ध नेपालको बलिङ र ब्याटिङलाइन चल्न नसक्दा नेपालले फराकिलो हार भोगेको थियो।

जुन हार क्यानडाविरुद्ध ओडीआई इतिहासमा नेपालले पहिलो पटक भोगेको हो।

नेपाली टोली आजको खेलमा सो हारको बदला लिने योजनामा हुनेछन्।

जारी सिरिजमा खराब प्रर्दशन गरिरहेको नेपाली टोली आज पहिलो जितको खोजीमा मैदान उत्रिदैछ। यद्यपी उच्च मनोबलमा रहेको क्यानडाविरुद्ध नेपालका लागि त्यति सहज भने हुनेछैन।

उता सिरिजको पहिलो खेलमा नेपाललाई पराजित गरेको क्यानडा भने लगातार दोस्रो खेलमा जित निकाल्ने योजनामा छ। घरेलु समर्थक र घरेलु मैदानमा क्याडनडा नेपालविरुद्ध उच्च मनोबलमा देखिएको छ।

सिरिजको दोस्रो खेलमा भने नेपाल ओमानसँग १ विकेटले पराजित भएको थियो।

ओमानविरुद्ध नेपालका शीर्षक्रमका ब्याटर सजिलै पेभेलियन फर्कदा नेपाल दबाबमा आएको थियो। यद्यपी कप्तान रोहित पौडेल र गुल्सन झा क्रिजमा टिक्दा नेपालले सम्मानजनक योगफल तयार पारेको थियो।

गुल्सन एक्लैले ५ विकेट लिए पनि नेपाली टोलीको टार्न सकेनन्।

लिग २ का ६ खेल मध्य १ खेलमा मात्र जित निकालेको नेपाल २ अंकसहित अंक तालिकामा पुछारबाट दोस्रो स्थानमा छ।

समान खेलबाट २ खेलमा जित, ३ खेलमा हार र एक खेल रद्द हुँदा ५ अंकमा ओमान तालिकाको छैटौँ स्थानमा छ।

१० खेलमा ६ खेलमा जित र ४ खेलमा हार भोगेको क्यानडा भने १२ अंकसहित तालिकाको दोस्रो स्थानमा छ।

लिग २ मा सहभागी ८ टोलीले होम एण्ड अवेका आधारमा ३६ ओडीआई खेल खेल्नेछन्। अंक तालिकाको शीर्ष चारमा रहने टोलीले सन् २०२७ मा हुने विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउनेछन्।

सिरिजपछि नेपाली टोलीले यही टोलीसँग टी–२० आई सिरिज खेल्नेछ।

त्यसपछि स्कटल्यान्ड र अमेरिका सम्मिलित टोलीसँग लिग–२ अन्तर्गत कै त्रिकोणात्मक सिरिज खेल्न नेपाली टोली उतैबाट अमेरिका प्रस्थान गर्नेछ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

प्रचण्ड निर्णायक : प्रदेश सत्ता समीकरण, वाम सहकार्य कि नयाँ लोकतान्त्रिक गठबन्धन ?

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu