ABC NEWS NEPAL | No.1 News channel of Nepal
२ भदौ २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पाकिस्तानको कराची विमानस्थल नजिकै विस्फोट हुँदा दुई जना चिनियाँ नागरिकको ज्यान गयो


एबीसी न्यूज
२१ आश्विन २०८१, सोमबार   १ : १२   बजे

काठमाडौं २१ असोज । पाकिस्तानको कराचीमा रहेको जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थल नजिकै भएको विस्फोटमा दुई जना चिनियाँ नागरिकले ज्यान गुमाएका छन् । पाकिस्तानमा रहेको चिनियाँ राजदूतावासले भने गएराति भएको विस्फोटमा अरू धेरै पाकिस्तानी नागरिकले पनि ज्यान गुमाएका र धेरै घाइते भएका जनाएको छ । तर मृतकको सङ्ख्या अझै पनि स्पष्ट नरहेको बीबीसीले जनाएको छ ।

घटनास्थल पुगेका एक जना प्रहरी प्रवक्ता गुलाम अजफर महेशरले एउटा इन्धन ट्याङ्करमा पनि आगो लागेको र त्यसले गर्दा नजिकै रहेका गाडीहरू पनि जलेका बताउनुभएको खबरमा उल्लेख छ । एउटा पृथकतावादी समूह बलोच लिबरेशन आर्मी बीएलए० ले आफूले चिनियाँ इन्जिनियर र लगानीकर्ता चढेका गाडी लक्षित आक्रमण गरेको भन्दै घटनाको जिम्मेवारी लिएको छ ।

उग्रवादी समूहले आज सार्वजनिक गरेको विज्ञप्तिमा कराची विमानस्थलबाट आइरहेको चिनियाँ इन्जिनियर र लगानीकर्ताको गाडीलाई आफूले निशाना बनाएको उल्लेख छ ।

चिनियाँ राजदूतावासले भने सिन्ध प्रान्तमा रहेको एउटा ऊर्जा परियोजनाका इन्जिनियरहरूलाई लक्षित गरी आक्रमण भएको बताएको छ । चिनियाँ लगानीको पोर्ट कासिम पावर जेनेरेशन कम्पनी लिमिटेडका इन्जिनियरहरू आक्रमणमा परेका चिनियाँ राजदूतावासले जनाएको छ ।

यो कम्पनीले कराचीको पोर्ट कासिम नजिकै दुई वटा कोइलाबाट चल्ने ऊर्जा केन्द्र बनाइरहेको छ । यो ऊर्जा उत्पादन केन्द्र चीन–पाकिस्तान आर्थिक करिडरको हिस्सा हो । त्यसले पाकिस्तानको बलोचिस्तान प्रान्तमा कैयौं ऊर्जा र पूर्वाधार परियोजनामा लगानी गरिरहेको छ ।

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भीमफेदीमा मुख्य न्यायाधीश सवार स्कारपियो दुर्घटना, ६ जना घाइते

मनसुन केही कमजोर, तर आज पनि देशभर वर्षाको सम्भावना

सम्बन्धित

किशनगढको ‘सेतो मरुभूमि’ : सङ्गमरमरको फोहोर पर्यटकीय गन्तव्य बन्दै

अमेरिका–इरान वार्ता अहिलेसम्मकै बलियो चरणमा : जारेड कुसनर

युक्रेन युद्धको विरोध गरेको भन्दै रुसी नेतालाई ११ वर्ष जेल

अमेरिका–इरानको ६० दिने शान्ति सम्झौता सकियो, ट्रम्पको अडान भने नरम

लाल सागरमा साउदी सैन्य जहाजसहित पाँच जहाजमाथि क्षेप्यास्त्र प्रहार गरेको हुथीको दाबी

मोदीलाई केजरीवालको जवाफ : ‘हो, म दिमागी नक्सल हुँ, किनकि म देशभक्त हुँ’

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu