काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति रामचन्द्र पौडेललाई भेटेका छन् ।
परराष्ट्रमन्त्री डा।आरजु राणासहित प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शितल निवास पुगेका थिए । भेटमा प्रधानमन्त्री ओलीले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनेगरी भएको अमेरिका भ्रमण फलदायी र प्रभावकारी बनेको ब्रिफिङ गरे ।
राष्ट्रपति पौडेलले पनि भेटका क्रममा कुरा राखेका थिए । राष्ट्रपति पौडेलले सुशासन र रोजगारीबारे जिज्ञासा राखेको उनका प्रेस सल्लाहकार किरण पोखरेलले बताए ।
प्रधानमन्त्री ओलीले भने दुई ठूला दल मिलेर बनेको सरकारले सुशासन र विकासमै जोड दिइरहेको बताएका थिए ।
प्रतिक्रिया दिनुहोस्