ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मन्त्रिपरिषद् विस्तारसँगै सिंहदरबारमा चहलपहल


admin
११ श्रावण २०७४, बुधबार   ८ : ०४   बजे

काठमाडौँ, ११ साउन । सर्लाहीबाट चारदिन अघि काठमाडौँ आएका सियाराम रायको अरु काम सक्किएपनि चाँडै मन्त्रिपरिषद् विस्तार हुने खबरले उहाँको बसाइँ लम्बियो । “आज बिहानदेखि फूल बोकेर हिँडेको थिएँ, साँझ काम लाग्यो”–रायले भन्नुभयो ।

आफूले चिनेका नेता वीरबहादुर बलायर मन्त्री बन्ने चर्चा केहीदिन अघिदेखि सुनेको तर मन्त्रालय भने आज शपथग्रहणपछि मात्र थाहा पाएपछि उहाँ अपराह्न ४ बजे सिंहदरबारको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको परिसरमा फूल लिएर पुग्नुभयो । कर्मचारी र शुभेच्छुकको लाममा बसेर रायले मन्त्री बलायरलाई बधाई दिएपछि उहाँ हँसिलो चेहरा लिएर नजिकै रहेको अन्य मन्त्रालयका मन्त्रीको बहाली हेर्न लाग्नुभयो । अन्य मन्त्रालयको तुलनामा भौतिक पूर्वाधार मन्त्रालयमा स्वागत गर्नेहरुको भीड बाक्लो थियो ।

भौतिक मन्त्रालयकै भवनमा रहेको खानेपानी तथा सरसफाइ मन्त्रालयमा बहालीका लागि आउनुभएका महेन्द्र यादवको स्वागत पनि रायले हेर्न भ्याउनुभयो । कृषि अनुसन्धान केन्द्र (नार्क) का कर्मचारी बौधनाथ न्यौपानेले पनि रामकृष्ण यादव मन्त्री हुने सुनेपछि आज बिहानैदेखि फूल हातमा लिएर हिँड्नुभएको थियो ।

नवनियुक्त कृषिमन्त्री रामकृष्ण यादवलाई उहाँले लेखा समितिको सभापति भएदेखि नै चिन्हुभएको हो । न्यौपानेले भन्नुभयो, “मन्त्रीज्यूको पालामा कृषिमा ठोस् काम भइदिए हुन्थ्यो, म केहीदिनपछि लिखित सुझाव लिएर आउँछु”–न्यौपानेले भन्नुभयो ।

सहरी विकास मन्त्रालयमा काम लिएर आएका सोलुखुम्बु नेचा सल्यान गाउँपालिकाका नगर विकास समितिमा नवनियुक्त अध्यक्ष सीताराम भट्टराईलाई कुनै मन्त्रीलाई प्रत्यक्ष बधाई दिनुपर्ने नभएपनि स्वागत कार्यक्रमको दर्शक बन्नुभयो । “बिहानै जिल्ला फर्काैँ कि भन्ने लागेको थियो तर आज नयाँ मन्त्रीको बहाली हेरेर जाउँ भन्ने लागेर यतै बसेँ”–उहाँले रासससँग भन्नुभयो । नेपाली काँग्रेसका पूर्वसांसद् सरस्वती चौधरीले पनि कृषिलगायत अन्य तीन मन्त्रीलाई बधाई दिन भ्याउनुभयो ।

मन्त्रिपरिषद्मा आज १९ सदस्य थप भएसँगै पदबहाली र स्वागतका लागि कर्मचारी, शुभेच्छुक र सुरक्षाकर्मी तथा पत्रकारको ओहोरदोहोर सिंहदरबारमा ह्वात्तै बढेको पाइयो । मुलुकमा संघीयता लागू भई गाउँगाउँमा सिंहदरबारका अधिकार लग्ने प्रमुख दलहरुको चुनावी प्रतिबद्धता भए पनि शक्ति र केन्द्रीय सरकारबाट आफ्नो काम बन्छ भन्नेहरुको कमी छैन । कामै नहुनेहरुले पनि आफ्ना नेता वा आफन्तलाई बधाई दिने पनि देखिएका छन् ।

एकैपटक धेरै मन्त्री नियुक्त भएको र बधाई दिन आउने सबैलाई मन्त्रालयले कार्यालयबारे जानकारी नभएकाले जानुपर्ने भन्दा अर्काे मन्त्रालयमा पुगेर फलानो मन्त्रालय कता हो भन्दै सोधेको दृश्य पनि देखियो । प्रधानमन्त्री शेरबहादुर देउवा निर्वाचित भएको डेढ महिनापछि मन्त्रिपरिषद् विस्तार भएकाले मन्त्रालय, निकाय, सरोकार भएका र राजनीतिक कार्यकर्तामा उत्साह उत्पन्न भएको हो ।

विनाशकारी भूकम्पपछि कतिपय मन्त्रालयले कार्यालय नपाएपछि एकै भवनमा कार्यालय रहेपछि दुई मन्त्रीको स्वागतका लागि बसेका कर्मचारी र शुभेच्छुकको एउटै लामजस्तो पनि बन्यो । आफूले स्वागत गर्र्नुपर्ने मन्त्री आउन बाँकी रहेपछि उनीहरु झण्डा फहराएको गाडीतर्फ नलम्की हातको फूल बचाएर राख्न विवश बनेका थिए ।

सुख्खा खेतमा सिँचाइ 
नवनियुक्त कृषिमन्त्री यादवले पद बहालीपछि संक्षिप्त प्रतिक्रिया दिँदै किसानको समस्या समाधान गर्न आफू प्रतिबद्ध हुने बताउनुभयो । उहाँले सुख्खा र बाँझोको समस्या भएको खेतीमा सिँचाइका लागि पहल गर्ने बताउनुभयो । उहाँलाई मन्त्रालयका सचिव डा सुरज पोखरेलले स्वागत गर्नुभएको थियो ।

दूधमा आत्मनिर्भर नीतिको निरन्तरता 
पदबहाली गर्दै पशुपक्षी विकासमन्त्री सन्तकुमार थारुले मुलुकलाई दूधमा आत्मनिर्भर बनाउने सरकारको नीतिको प्रभावकारी कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँलाई मन्त्रालयका सचिव युवकध्वज जिसीले स्वागत गर्नुभएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu