काठमाडौं २८ मंसिर । वेस्ट इन्डिजका चर्चित क्रिकेटर ब्रायन लारा शुक्रबार बिहान काठमाडौँ आइपुगेका छन्। कीर्तिपुरमा जारी नेपाल प्रिमियर लिग एनपीएल० क्रिकेट हेर्न क्रिकेटर लारा बिहान ९स्१५ बजे काठमाडौँ अवतरण गरेका हुन्।
ट्रिनिडाडमा जन्मिएका ५५ वर्षीय बायाँहाते ब्याटर लाराले १३१ टेस्ट खेल्दै ५२।८८ को औसतले ११ हजार ९५३ रन बनाएका छन्।
टेस्ट क्रिकेटको एक इनिङ्समा सर्वाधिक रन बनाउने कीर्तिमान बनाएका उनले सन् २००४ मा इंग्ल्यान्डविरुद्ध ४ सय रन बनाउँदै नटआउट रहेका थिए।
सन् २००७ मा क्रिकेटबाट सन्न्यास लिएका उनले २९९ एकदिवसीयमा ४०।४८ को औसतले १० हजार ४०५ रन जोडेका छन्। एकदिवसीयमा उनको उच्च स्कोर १ सय ६९ रन छ।
प्रतिक्रिया दिनुहोस्