काठमाडौं २८ मंसिर । नेपाल प्रिमियर लिगमा चितवन राइनोजविरुद्ध विराटनगर किङ्सले पहिले ब्याटिङ गर्ने भएको छ। टस जितेर विराटनगरले पहिले ब्याटिङ रोजेको हो।
तालिकाको अन्तिममा रहेको विराटनगरको प्लेअफको सम्भावना भने करिव सकिएको छ। यसअघि नै जनकपुर बोल्ट्स प्लेअफमा पुगिसकेको छ भने बाँकी दुई टोलीको पनि ८ अंक भइसकेको छ। चितवन ६ अंकसहित चौथो स्थानमा छ। आजको खेल जिते पनि विराटनगरको प्लेअफ सम्भावना लगभग सकिइसकेको छ।
तर हारे पनि चितवनको भने सम्भावना कायम छ। यो खेल जितेपनि चितवनको पनि प्लेअफ निश्चित भने हुने छैन। काठमाडौँ र पोखराको पनि समान ४ अंक छ। उनीहरुले अब दुई दुई खेल खेल्न बाँकी नै छ।
प्रतिक्रिया दिनुहोस्