ABC NEWS NEPAL | No.1 News channel of Nepal
३१ श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

कर्णालीलाई हराउँदै सुदूरपश्चिम पहिलो क्वालिफायरमा


एबीसी न्यूज
१ पुस २०८१, सोमबार   १२ : ५८   बजे

काठमाडौं १ पुष । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग एनपिएल को पहिलो क्वालिफायरमा स्थान बनाएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा सोमबार भएको लिग चरणको अन्तिम खेलमा सुदूरपश्चिमले कर्णाली याक्सलाई ६ विकेटले हरायो ।

जितसँगै सात खेलबाट १२ अङ्क बनाएको सुदूरपश्चिमले शीर्षस्थानमा रहँदै पहिलो क्वालिफायरमा स्थान बनाएको हो । १० अङ्क जोड्दै दोस्रो स्थानमा रहेको जनकपुर बोल्ट्सले पनि क्वालिफायरमा स्थान बनाएको छ । पहिलो क्वालिफायरमा सुदूरपश्चिम र जनकपुर भिड्नेछन् । क्वालिफायर जित्ने टोली सोझै फाइनलमा पुग्नेछ ।

सुदूरपश्चिमसँग हारेपनि आठ अङ्क बनाएको कर्णाली नेट रन रेटका आधारका काठमाडौँलाई पछि पार्दै प्लेअफमा पुगेको छ । समान आठ अङ्क बनाएको चितवन राइनोजले यसअघिनै प्लेअफमा स्थान बनाएको थियो । अब कर्णाली र चितवनले एलिमिनेटर खेल्नेछन् ।

लिगको अन्तिम खेलको नतिजासँगै काठमाडौँ कर्णालीसँग नेट रन रेटमा पछि पर्दै बाहिरिएको छ । एनपिएलमा सहभागि आठ टोलीमध्ये विराटनगर किङ्स, पोखरा एभेन्जर्स र लुम्बिनी लायन्स यसअघिनै बाहिरिएका थिए ।

जितका लागि एक सय दुई रनको सामान्य लक्ष्य पछयाएको सुदूरपश्चिमले १५।२ ओभरमा चार विकेटको क्षतिमा एक सय पाँच रन जोड्दै लक्ष्य पूरा गरेको हो ।

सुदूरपश्चिमका लागि कप्तान दीपेन्द्रसिंह ऐरीले ३८ रन बनाउनुभयो । इशान पाण्डेले अविजित ३८ र ओपनर सईफ जैवले ११ रन बनाउनुभयो । बलिङमा कर्णालीका सोमपाल कामी, विपिन शर्मा र नन्दन यादवले एक एक विकेट लिनुभयो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनाएको थियो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाउनुभयो ।यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन बनाउनुभयो ।

बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिनुभयो । यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिनुभयो । दीपेन्द्रसिंह प्लेयर अफ दि म्याच हुनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आज यी जिल्लामा आकस्मिक बाढीको जोखिम

जाजरकोटमा पहिरो: ३ जना बेपत्ता, १० घाइते

सम्बन्धित

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ‘भीसी कप फुटसल’ सुरु

एभरेस्ट वुमन्स भलिबल लिगको तेस्रो संस्करण असोज १५ देखि

विराटनगर किंग्सको मुख्य प्रायोजक बन्यो एक्सट्रिम

एसियाली खेलकुदको तयारीमा जुडो खेलाडीहरू

एसीसी प्रिमियर कपमा नेपाललाई ‘गर या मर’को चुनौती, परिवर्तनपछि नयाँ सन्देशसहित मैदानमा उत्रिँदै टोली

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu