ABC NEWS NEPAL | No.1 News channel of Nepal
२९ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

लिनिङ १४औँ पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिता २०८३ को शीर्ष आठको सेमिफाइनल समीकरण पूरा भएको छ ।


ABC NEWS
२९ श्रावण २०८३, शुक्रबार   १० : ०५   बजे

काठमाडौं । शुक्रबार सम्पन्न खेलबाट पुरुष तथा महिलातर्फका समूह विजेता र उपविजेताको टुंगो लागेसँगै सेमिफाइनल समीकरण पूरा भएको हो ।

पुरुषतर्फ समूह ‘ए’ बाट एपीएफका क्षितिज खनाल समूह विजेता तथा प्रिन्स दाहाल उपविजेता बन्दै सेमिफाइनल पुगेका छन् । क्षितिजले तीनै खेलमा जित निकाल्दा प्रिन्सले तीनमध्ये दुई खेल जितेका हुन् ।

शुक्रबार क्षितिजले नेपाल पुलिसका सुनिल जोशीलाई २१–९, २१–१२ ले तथा प्रिन्सले पुलिसकै जीवन आचार्यलाई २२–२०, २१–१६ ले पराजित गरे ।

समूह ‘बी’ बाट त्रिभुवन आर्मी क्लबका प्रफुल महर्जन विजेता र नेपाल पुलिसका विष्णु कटुवाल उपविजेता बन्दै सेमिफाइनलमा पुगे । प्रफुलले विष्णुलाई १४–२१, २१–१२, २१–१७ ले पराजित गरे ।

अब फाइनल प्रवेशका लागि क्षितिज खनालले विष्णु कटुवाल तथा प्रफुल महर्जनले प्रिन्स दाहालसँग प्रतिस्पर्धा गर्नेछन् ।

महिलातर्फ समूह ‘ए’ बाट नेपाल नम्बर एक खेलाडी त्रिभुवन आर्मी क्लबकी रसिला महर्जन विजेता तथा नेपाल पुलिसकी शेस्ना श्रीपाली उपविजेता बन्दै सेमिफाइनल पुगे । रसिलाले आर्मीकै अनुमाया राईलाई २१–५, २१–७ ले पराजित गरिन् ।

समूह ‘बी’ बाट एपीएफकी रिहाना सेरचन विजेता र नेपाल पुलिसकी निता लम्साल उपविजेता बन्दै सेमिफाइनलमा पुगे । रिहानाले नितालाई १३–२१, २१–१४, २१–१२ ले पराजित गरिन् ।

महिलातर्फ फाइनल प्रवेशका लागि रसिला महर्जनले निता लम्साल तथा रिहाना सेरचनले शेस्ना श्रीपालीसँग प्रतिस्पर्धा गर्नेछन् ।

यसैबीच, पुरुष यू–११ एकलतर्फ बिराट बस्नेत, सुप्रेन शाही, कृमोन रिजाल, धननारायण श्रेष्ठ, डेनिश थापा, माहिर बाबु श्रीपाली, दीप तामाङ र प्रज्ञान ढकाल अन्तिम आठमा पुगेका छन् ।

महिलातर्फ युमिका राई, रिदिना श्रेष्ठ, इर्याना मगर, योन्जना मगर, अरक्षा डंगोल, देनिशा प्रधान, अर्चना मगर र रेन्शा श्रेष्ठले अन्तिम आठमा स्थान बनाएका छन् ।

Originally published on abcnews.com.np.

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पूर्वप्रधानमन्त्रीका सचिवालयसँग जोडिएका व्यक्तिमाथि अख्तियारको अनुसन्धान तीव्र

तीन महिनापछि काठमाडौँ विश्वविद्यालयले पायो नयाँ उपकुलपति, प्राडा विवेक बराल नियुक्त

सम्बन्धित

क्यूकेएस अन्तरविद्यालय फुटसलमा काष्ठमण्डप, जोन डेवी र भक्तपुर निस्ट च्याम्पियन

एसीसी प्रिमियर कपको तयारीमा नेपाल, भारतमा १० दिनको क्याम्प

क्यानडाको हारले नेपाललाई विश्वकप लिग–२ मा राहत

मंसिर १६ देखि २९ गतेसम्म सुर्खेतमा १०औँ राष्ट्रिय खेलकुद

सुदूरपश्चिम रोयल्सको आधिकारिक इन्टरनेट साझेदार बन्यो सुबिसु

एन्फा निलम्बनबारे राखेप बैठकमा सामान्य जानकारी मात्रै, तदर्थ समिति गठन तत्काल रोकियो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu