काठमाडौं, २९ फागुन । गुल्मीको रेसुङ्गा नगरपालिका १४ साउने क्षेत्रमा आगलागि भएको छ । ५ बजेतिरबाट सुरू भएको आगो अझै नियन्त्रणमा आएको छैन । आगोको कारण अहिले गौशला क्षेत्र जोखिममा छन् । गौशलामा १५० भन्दा बढी गाई छन् ।
आगो निभाउन नेपाली सेना, प्रहरी परिचालन गरिएको छ । रेसुङ्गा नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत, विविन्न वडाका वडाध्यक्षहरू र स्थानियहरु पनि आगो नियन्त्रणका लागि पुगेका छन् ।
आगो अहिले भाडगाँउतर्फ फैलिरहेको छ । सुख्खा मौसम, पानीको अभाव, हावाहुरी, सल्लिपिराल लगायतका कारणले आगो नियन्त्रणमा कठिनाई भएको रेसुङ्गा न पा ३ का अध्यक्ष थम्मन केसिले बताए ।
रेसुङ्गामा बर्सैपिच्छे आगलागिका घटना घटना घट्ने भएपनि नियन्त्रका लागि खासै प्रयास भएको छैन ।
प्रत्येक बर्ष आगलागिका कारण विविन्न चराचुरुङ्गी , बन्यजन्तु, पशुपंक्षि, महत्वपूर्ण जडिबुटी लगायत नष्ट हुने गरेको छ ।
प्रतिक्रिया दिनुहोस्