उदयपुर, ३० फागुन । प्राविधिक स्टिमेट विना नै जथाभावि निमार्ण गरिएका उदयपुरका अधिकाँस कच्ची सडक जोखिमपुर्ण छन। सरकारी मापदण्ड विपरित वातावरणीय प्रभाव लाई समेत मुल्यांकन नगरी सडक खनिदा जोखिम बढेको हो।
प्राविधिक दृष्टिले उच्च जोखिम मानिएका क्षेत्रमा समेत सडक बनाउने होडबाजिका कारण एकातिर गाउँलाई कुरुप बनाएको छ नै अर्को तर्फ गाउलाई नै जोखिम बढाएको छ । कतै एम्बुलेन्स समेत आउने बाटो छैन भने दुई पाङग्रे सवारीलाई समेत सास्ती खप्नु परेको छ । बाध्य भएर सवारी साधनमा यात्रा गर्नु परेको स्थानिय को भनाई छ ।
हिउद समयमा त सवारीका साधनहरु संचालन भएका कारण राहात महसुस गरेका स्थानिय बासिन्दाहरु बर्खायाममा त्यहि खनिएका सडकबाट पहिरो झर्ने तथा सडकको पानी घर भित्र पस्ने समस्याका कारण थप मस्यामा पर्ने गरेका छन ।
यता हचुवाको भरमा सडक निमार्ण कार्य भएको भएपनि अव जनप्रतिनिधि आई सकेपछी त्यस्तो कम भएको जिल्ला समन्वय समितिका प्रमुख खड्ग परियार बताउँछन ।
जिल्ला समन्वय समिति उदयपुरका प्रमखउदयपुरमा चार नगरपालिका र चार गाउँ पालिका छन । सवैको सडक संजालका जोडिएपनि अधिकांस भाग सवारी संचालनका लागि जोखिमपुर्ण छन ।
साविकका गाउँ विकास समितिदेखि निमार्ण गरिएका सडकहरुमा उपभोक्ता समिति हरुलेनै आफनो अनुकुलतामा सडक निमार्ण गरेको कारण गुणस्तरहिन सडक निमार्ण भएका छन । जनप्रतिनिधिहरु आईसकेपछि पहिले जस्तो हचुवाको भरमा सडक निमार्ण रोकिने क्रम भने भएको छैन ।
प्रतिक्रिया दिनुहोस्