काठमाडौं १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ह्वाइट हाउस प्रवेश गरेको पहिलो हप्ता पूरा गरेका छन्।
यसबीच उनले लिएका केही महत्त्वपूर्ण निर्णयबारे जानकारी लिऔँ। आप्रवासनस् ट्रम्पले दक्षिणी सिमानामा आप्रवासी प्रवेश रोक्न आदेश दिए। उनले मेक्सिकोको सीमामा पर्खाल बनाउने प्रयास पनि पुनः सुरु गरेका छन् र अमेरिकामा अवैध रूपमा वा अस्थायी भिसामा बसोबास गर्ने आप्रवासीका छोराछोरीलाई नागरिकता दिन अस्वीकार गरेका छन्।
जलवायु र स्वास्थ्यस् ट्रम्पले पेरिस जलवायु सम्झौताबाट बाहिरिने प्रक्रिया सुरु गरेका छन् र विश्व स्वास्थ्य संगठनबाट बाहिरिने आदेशमा हस्ताक्षर गरेका छन्।
लिङ्ग र विविधतास् अमेरिकाले पुरुष र महिला गरी दुई लिङ्गलाई मात्र मान्यता दिने ट्रम्पले घोषणा गरेका छन्। ट्रम्प प्रशासनले ‘लैङ्गिक विचारधारा’ वा विविधतालाई प्रवर्द्धन गर्ने सबै सरकारी कार्यक्रम खारेज गरेको छ।
टिकटकस् ट्रम्पले टिकटकको प्रतिबन्ध ७५ दिनका लागि स्थगन गरेका छन्।
माफीस् ट्रम्पले क्यापिटल हिल दंगा प्रकरणमा जेलमा रेहका १,६०० समर्थकलाई माफी दिए, जसमा अति दक्षिणपन्थी समूहका सदस्य र गर्भपतन विरोधी २३ प्रदर्शनकारी थिए।
गोप्य फाइलस् ट्रम्पले जोन एफ। केनेडी, रोबर्ट केनेडी र मार्टिन लुथर किङ जुनियरको हत्यासँग सम्बन्धित गोप्य कागजात जारी गर्न आदेश दिएका छन्।
प्रतिक्रिया दिनुहोस्