ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आप्रवासी फिर्ता लिन नमानेपछि कोलम्बियाप्रति ट्रम्प आक्रोशित


एबीसी न्यूज
१४ माघ २०८१, सोमबार   ११ : ५७   बजे

काठमाडौं १४ माघ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले आप्रवासीहरूलाई फिर्ता पठाउने विषयमा कोलम्बियाली नेताहरूलाई चेतावनी दिएका छन्।

कोलम्बियाली सरकारले निर्वासित आप्रवासीहरू बोकेका अमेरिकी विमानहरूलाई सैन्य विमान भएको भन्दै कोलम्बियामा अवतरण गर्न अनुमति नदिएपछि ट्रम्प आक्रोशित भएका हुन्।

ट्रम्पले आफ्नो सामाजिक सञ्जाल साइट ट्रुथ सोसियलमा पोस्ट गर्दै भनेका छन्, ‘हामी कोलम्बियालाई आफ्नो कानुनी जिम्मेवारी बेवास्ता गर्न दिने छैनौँ। कोलम्बियाले जबरजस्ती अमेरिका पठाइएका अपराधीहरूलाई फिर्ता लैजानुपर्छ।’

उनले अगाडि भनेका छन्, ‘अमेरिकाले कोलम्बियाली अधिकारीहरूको यात्रामा प्रतिबन्ध लगाउनेछ र तत्काल उनीहरूको भिसा रद्द गर्नेछ। यी प्रतिबन्ध कोलम्बियाका साथै यसका सहयोगी र समर्थकमा पनि लागू हुनेछन्।’

यसअघि ट्रम्पले कोलम्बियामा पनि २५ प्रतिशत कर लगाउने बताएका थिए र यो कर एक हप्ताभित्र ५० प्रतिशतसम्म पुग्ने चेतावनी दिएका थिए।

कोलम्बियाली राष्ट्रपति गुस्ताभो पेट्रोले अमेरिकाले २५ प्रतिशत कर लगाएको बदलामा अमेरिकालाई पनि २५ प्रतिशत कर लगाउने बताएका छन्।

यसअघि आइतबार कोलम्बियाली राष्ट्रपति पेट्रोले नागरिक विमानमार्फत आफ्ना नागरिक फिर्ता स्वीकार गर्ने बताएका थिए। उनीहरूलाई अपराधीजस्तो व्यवहार गर्न नहुने र आप्रवासीहरूलाई ुसम्मान र मर्यादाुका साथ फिर्ता पठाउनुपर्ने बताएका थिए।

यही जनवरी २० तारिख राष्ट्रपति पदको शपथ खाएका ट्रम्पले ह्वाइट हाउस छिरेको हप्तादिनभित्र आप्रवासीसम्बन्धीसहित ६ वटा महत्त्वपूर्ण निर्णय गरेका छन्।

 

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

सम्बन्धित

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

बेलायतमा राजनीतिक भूकम्प : प्रधानमन्त्री कियर स्टार्मरले दिए राजीनामाको घोषणा

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group