काठमाडौं १६ माघ । भारतको उत्तर प्रदेश राज्यस्थित प्रयागराजमा आयोजित महाकुम्भ मेलामा मंगलबार मध्यराति भागदौड मच्चिँदा मृत्यु हुनेको संख्या २० पुगेको छ।
भारतीय सञ्चारमाध्यमपिच्छे मृतकको संख्या फरक(फरक आइरहेका बेला भारतीय अनलाइन दैनिक भास्करले भने उक्त भागदौडमा २० जनाभन्दा बढीको मृत्यु भएको उल्लेख गरेको हो।
उक्त अनलाइन पत्रिकाका अनुसार मंगलबार राति करिब १।३० बजे प्रयागराजको संगम किनारमा भएको भागदौडमा ५० जनाभन्दा बढी भक्तजन घाइते भएका छन्।
भास्कर रिपोर्टरका अनुसार, सुरुमा १४ वटा शव पोस्टमार्टमका लागि मेडिकल कलेजमा ल्याइएको थियो। पछि एम्बुलेन्सबाट मेला क्षेत्रबाट केही थप शव ल्याइयो।
तर स्थानीय प्रशासनले दुर्घटनाको १३ घण्टा बितिसक्दा पनि मृत्यु वा घाइतेको संख्याबारे कुनै जानकारी दिएको छैन।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मृतकका परिवारप्रति समवेदना व्यक्त गरेका छन्।
यस्तै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथले मानिसहरूलाई संयम किनार नजान अपिल गरेका छन्।
भागदौडमा आफन्त हराएकाहरू भौतारिएका छन्।
प्रतिक्रिया दिनुहोस्