ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

गाजाबाट थप ३ जना बन्धक मुक्त


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   ८ : १२   बजे

काठमाडौं २० माघ । प्यालेस्टिनी विद्रोही समूह हमासले तीन जना इजरायली बन्धकलाई मुक्त गरेको छ । हमासले ३४ वर्षका यार्देन बिवास, ५३ वर्षका ओफर काल्दरोन र ६५ वर्षका किथ सिगललाई मुक्त गरेको बीबीसीले जनाएको छ ।

उनीहरू जनवरी १९ मा इजरायल र हमासबीच युद्धविराम सम्झौता भएयता चौथो चरणमा छाडिने बन्धक हुन् । युद्धविराम सम्झौताअनुसार तीन जनाको बदलामा इजरायलले एक सय ८० जनाभन्दा धेरै प्यालेस्टिनी बन्दीलाई छाड्दैछ ।

युद्धविराम तथा बन्धक रिहाइ सम्झौताअनुसार झन्डै ६ हप्ता लामो पहिलो चरणको युद्धविराममा हमासले ३३ जना इजरायली बन्धकलाई छाड्नेछ । त्यसको बदलामा इजरायली जेलमा रहेका झन्डै एक हजार नौ सय जना प्यालेस्टिनी बन्दी रिहा हुनेछन् । दोस्रो चरणमा बाँकी बन्धकहरू रिहा हुनुका साथै गाजाबाट पूर्णरूपमा इजरायली फौज फिर्ता हुनेछन् । तेस्रो र अन्तिम चरणमा गाजाको पुनर्निर्माण अघि बढाइने र त्यसका लागि वर्षौं लाग्नसक्ने सम्झौतामा उल्लेख छ ।

हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायभित्र प्रवेश गरेर आक्रमण गर्दा झन्डै १२ सय जनाको ज्यान गएको थियो । त्यसक्रममा दुई सय ५१ जना अपहरणमा परेका थिए । इजरायलले गाजामा चलाएको जवाफी कारवाहीमा झण्डै ४७ हजार जनाको ज्यान गएको छ । गाजाका २३ लाख जनसङ्ख्यामध्ये धेरैजसो विस्थापित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

सम्बन्धित

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

काठमाडौं उपत्यकासहित ११ जिल्लामा बर्डफ्लु फैलियो, ५ लाख ६९ हजारभन्दा बढी पन्छी नष्ट

बालेनलाई चुनावमा गाडी दिने व्यक्तिको बयानले विष्णु पौडेल पक्राउ परेका हुन् ?

रविको राजनीतिक प्रतिवेदनः राष्ट्रियसभा गैरदलीय, उपराष्ट्रपति सभाध्यक्ष (पूर्णपाठ)

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group