ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

सोनिया गान्धीविरुद्ध बिहार अदालतमा मुद्दा


एबीसी न्यूज
२० माघ २०८१, आइतबार   १ : २५   बजे

काठमाडौं २० माघ । भारतीय कंग्रेसकी पूर्वअध्यक्ष सोनिया गान्धीविरुद्ध बिहारको मुजफ्फरपुर जिल्लाको एक अदालतमा निवेदन दिइएको छ।

कंग्रेस नेतृ सोनियाले राष्ट्रपति द्रौपदी मुर्मुविरुद्ध गरेको टिप्पणीमा कारबाही माग गर्दै मुजफ्फरपुरका अधिवक्ता सुधीर ओझाले शनिबार अदालतमा निवेदन दर्ता गराएका हुन्।

समाचार एजेन्सी पीटीआईका अनुसार निवेदनमा उनले देशको सर्वोच्च संवैधानिक पदमा बसेको व्यक्तिको अपमान गरेको आरोपमा सोनिया गान्धीविरुद्ध एफआईआर दर्ता गर्न माग गरेका छन्।

ओझाले यस मुद्दामा लोकसभामा विपक्षी दलका नेता राहुल गान्धी र केरलाको वायनाडकी कांग्रेस सांसद प्रियंका गान्धीलाई पनि सहअभियुक्तका रूपमा नाम दिएका छन् र उनीहरूविरुद्ध पनि कानुनी कारबाहीको माग गरेका छन्।

भारतीय संसद्‌को बजेट सत्रको पहिलो दिन शनिबार राष्ट्रपति द्रौपदी मुर्मुले गरेको भाषणबारे प्रतिक्रिया दिन पत्रकारहरूले सोनिया गान्धीलाई आग्रह गरेका थिए। त्यतिबेला त्यहाँ सोनिया गान्धीसँगै राहुल गान्धी र प्रियंका गान्धी पनि उपस्थित थिए।

त्यसपछि राहुल गान्धीले सोनिया गान्धीलाई भाषणबारे के सोच्नुहुन्छ भनेर सोधेका थिए। जवाफमा सोनियाले भनेकी थिइन्, ‘उही कुरा, झुटा वाचा।’ तर राहुल गान्धीले भने, ‘नो कमेन्ट कुनै टिप्पणी छैन

अनि सोनिया गान्धीले थपिन्, ‘होइन, बिचरी महिला, राष्ट्रपति अन्त्यसम्ममा धेरै थाकेकी थिइन्।’

त्यसपछि राहुल गान्धीले सोनियालाई भने, ‘एउटै कुरा बारम्बार दोहोर्‍याइरहेकी थिइन्रु’

त्यसपछि सोनिया गान्धीले भनिन्, ‘होइन, उनी धेरै मुस्किलले बोलिरहेकी थिइन्। यो ठीक होइन।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

कांग्रेसले प्रदेशमा एमालेसंग ब्रेक लगायो ः एमाले सांसद, बराल भिडियो ।

सम्बन्धित

रवि लामिछानेलाई थुनामुक्त गर्ने आदेश दिएका न्यायाधीश अब विशेष अदालतको अध्यक्ष : न्यायिक नियुक्तिमाथि फेरि उठे प्रश्न

‘महागोयबल्स’ शैली भन्दै ओली बोले– समाज झूटमा रमाउन थालेको हो कि भन्ने चिन्ता बढ्यो

ट्रम्पको सम्बोधन प्रसारणमा प्रमुख अमेरिकी टेलिभिजनहरूको ‘असहयोग’: लाइसेन्स खारेजीसम्मको चेतावनी

संघीय संसद्का सांसदले भदौ २९ गतेसम्ममा सम्पत्ति विवरण बुझाउनुपर्ने

श्रीमतीलाई कुटपिट गरेको आरोपमा पाइलट पक्राउ

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu