ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने ट्रम्पको चेतावनी


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   १२ : ०७   बजे

काठमाडौं २१ माघ । पदभार ग्रहण गर्नेबित्तिकै अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशमा कर ९भन्सार महसुल० लगाए र विदेशमा दिइने सहायता बन्द गरे।

अब ट्रम्पले दक्षिण अफ्रिकालाई दिइने सहयोग रोक्ने चेतावनी दिएका छन्। ट्रम्पले सामाजिक सञ्जाल वेबसाइट ट्रुथ सोसलमार्फत यो कुरा बताएका हुन्।

ट्रम्पले लेखेका छन्, ‘दक्षिण अफ्रिकाले भूमि कब्जा गरिरहेको छ र केही समूहका मानिसलाई नराम्रो व्यवहार गरिरहेको छ। यो एकदमै नराम्रो अवस्था हो जसका बारेमा कट्टरपन्थी वामपन्थी मिडियाले धेरै कुरा गरिरहेका छैनन्।’

‘सबैका अगाडि ठूलो मात्रामा मानव अधिकार उल्लंघन भइरहेको छ। अमेरिकाले यो सहने छैन र यसविरुद्ध कारबाही गर्नेछ’, उनले अगाडि लेखेका छन्, ‘परिस्थितिको अनुसन्धान नभएसम्म म दक्षिण अफ्रिकालाई भविष्यमा दिइने सबै सहयोग रोक्नेछु।’

अमेरिकी सरकारको तथ्यांकअनुसार सन् २०२३ मा अमेरिकाले दक्षिण अफ्रिकालाई ४४ करोड डलरको सहायता दिएको थियो।

दक्षिण अफ्रिकी राष्ट्रपति सिरिल रामाफोसाले गत महिना आफू ूराष्ट्रपति ट्रम्पसँग दक्षिण अफ्रिकाको सम्बन्धको बारेमा चिन्तित नभएको’ बताएका थिए।

उनले भनेका थिए, ‘जनवरीको अन्त्यमा चुनाव जितेपछि राष्ट्रपति ट्रम्पसँग कुरा गरेको थिएँ र म ट्रम्प प्रशासनसँग काम गर्न उत्सुक छु।’

आफ्नो पहिलो कार्यकालमा राष्ट्रपति ट्रम्पले दक्षिण अफ्रिकामा गोरा किसानहरूको सामूहिक हत्या र जग्गा कब्जाको अनुसन्धान गर्ने वाचा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group