ABC NEWS NEPAL | No.1 News channel of Nepal
२८ श्रावण २०८३, बिहिबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्छ : अमेरिका


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ३ : २१   बजे

काठमाडौं २१ माघ । अमेरिकी विदेशमन्त्री मार्को रुबियोले पानामा नहरमाथि चीनको प्रभाव र नियन्त्रण परिवर्तन हुनुपर्ने बताउनुभएको छ । पानामाले नहरमा चीनको नियन्त्रण परिवर्तन नगरेमा अमेरिकाले नहरलाई नियन्त्रण लिन बाध्य हुने पनि रुबियोले चेतावनी दिनुभएको छ ।

पानामाले चीनसँगको बढ्दो साँठगाँठ कम नगरेमा अमेरिकाले आफ्नो अधिकारको रक्षाका लागि व्यापक कदम चाल्ने उहाँको चेतावनी छ । अमेरिकी विदेशमन्त्री र पानामाका राष्ट्रपति राउल मुलिनोबीच हिजो पानामा सिटीमा भएको भेटवार्तापछि यो चेतावनी आएको हो ।

पानामाका राष्ट्रपति मुलिनोले पानामा नहरमा अमेरिकी कब्जाको कुनै खतरा नदेखेको बताउनुभएको छ । अमेरिकाले पानामा नहरमा चीनको प्रभाव बढेको देख्नु उसकै कमजोरी रहेको पनि मुलिनोको भनाइ छ ।

यसैबीच पानामामा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पविरुद्ध आन्दोलन चर्किएको छ । पानामा नहर नियन्त्रणमा लिने भन्दै ट्रम्पले दिएको अभिव्यक्तिविरुद्ध पानामा देशभर प्रदर्शन भएको हो ।

पानामा नहर विश्वको सबैभन्दा महत्त्वपूर्ण जलमार्गहरूमध्ये एक हो । यसले प्रशान्त र एट्लान्टिक महासागरलाई जोड्छ र अन्तर्राष्ट्रिय व्यापारमा महत्त्वपूर्ण भूमिका खेल्छ । पानामाको पहाड काटेर कृत्रिम जलाशय बनाइएको नहरको लम्बाइ झन्डै ८२ किलोमिटर लामो छ ।

संयुक्त राज्य अमेरिकाले सन् १९०४ देखि १९१४ सम्म पनामा नहरको निर्माण गरेको थियो । हरेक वर्ष झन्डै १४ हजार वटा पानीजहाज यस नहर भएर यात्रा गर्छन् । तर सन् १९९९ मा पानामाले अमेरिकाबाट नहरको नियन्त्रण आफ्नो माताहत ल्याएको छ ।

इन्जिनियरिङ हिसाबले निकै जटिल मानिएको यो नहर निर्माणका क्रममा २५ हजार जनाको ज्यान गएको थियो । पानामा नहर पानामा देशको अर्थतन्त्रको मुख्य स्रोत हो । यसबाट पानामाले वार्षिक अर्बौं डलर राजस्व उठाउँछ भने हजारौं पानामेली नागरिकलाई रोजगारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

भेरी नदीमा खसेको जिपसहित दुई यात्रु बेपत्ता

रोल्पा पहिरो: मृत्यु हुनेको संख्या १० पुग्यो, तीन अझै बेपत्ता

सम्बन्धित

इरानमा प्रदर्शनकारीलाई मृत्युदण्ड दिएको भन्दै ३० भन्दा बढी देशको निन्दा

बंगलादेशमा ऊर्जा संकट चर्किएपछि राति ८ बजेपछि सपिङ मल र पसल बन्द

झारखण्डमा विद्यार्थी आन्दोलन चर्किएपछि मुख्यमन्त्री आवासको सुरक्षा कडा

दिल्लीको लालकिल्ला विस्फोटमा AQIS संलग्न रहेको राष्ट्रसंघीय प्रतिवेदनको दाबी

रुसमा ५० हजारसम्म उत्तर कोरियाली सैनिक तैनाथ हुन सक्ने जेलेन्स्कीको दाबी

कक्रोच पार्टीका संस्थापक दिपकेले भने– ‘जन्तर–मन्तरको सिजन–२’ चाँडै सुरु हुँदैछ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu