ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आफूलाई सधैँ सघाएको मित्रलाई अमेरिकाले किन दियो ‘धोका’?


एबीसी न्यूज
२१ माघ २०८१, सोमबार   ८ : १२   बजे

काठमाडौं २१ माघ । क्यानडा दशकौँदेखि अमेरिकाको सच्चा मित्र रहँदै आएको छ। जस्तोसुकै अप्ठेरोमा, जोसुकैसँग शत्रुता मोलेर पनि क्यानडाले आफ्नो शक्तिशाली छिमेकीलाई सहयोग गर्दै आएको छ। संकटको बेला जब अमेरिकालाई आवश्यक पर्‍यो, तब क्यानडा सहायताका लागि अघि सर्‍यो।

११ सेप्टेम्बरमा अमेरिकामा आतंकवादी हमला भएर हवाई क्षेत्र बन्द हुँदा क्यानडाले अप्रेसन एलो रिबन सुरु गर्‍यो र अड्किएका ३३ हजार अमेरिकीका लागि विमानस्थल, घर र मन खोलिदियो।

१० हजारजना बस्ने सानो बस्तीले पनि हजारौँ अमेरिकीलाई खुसीखुसी स्वागत गर्‍यो।

२००५ मा हुरिकेन कट्रिनाले न्यु अर्लिन्समा विध्वंस मच्चाउँदा सहयोग गर्न अघि सर्ने पहिलो मुलुक क्यानडा थियो। एक हजारभन्दा बढी उद्धारकर्मी खटिएका थिए भने चिकित्सकको टोलीले अमेरिकी टोलीसँगै मिलेर काम गरे।

१९७९ मा इरानबाट ६ जना अमेरिकी कूटनीतिक कर्मचारीलाई भगाउने काम पनि क्यानडाले गरेको थियो।

क्यालिफोर्नियामा आगलागी हुँदा पटकपटक क्यानडेली विमान पानी खसाउन दक्षिणतिर उडे। बिजुली अवरुद्ध हुँदा क्यानडेली टोलीले सीमा पार गरेर काम गर्‍यो।

इतिहासदेखि वर्तमानसम्म क्यानडाले अमेरिकालाई रिझाउन कुनै कसर छाडेको थिएन। तर, यतिबेला उनीहरूको यो मित्रता जोखिममा परेको छ। डोनाल्ड ट्रम्पले लगाएको २५ प्रतिशत भन्सार महसुलका कारण। अवैध आप्रवासी र लागुऔषध फेन्टानिल नरोकेको भन्दै अमेरिकाले मेक्सिको र चीनसँगै क्यानडालाई पनि भन्सार महसुल लगाएको हो।

तर, अमेरिका भित्रिने आप्रवासी र फेन्टालिको १ प्रतिशत हिस्सा पनि क्यानडाबाट नजाने अधिकारीहरूको भनाइ छ।

यसले क्यानडामा हलचल ल्याएको छ। धेरैले यसलाई धोका मानेका छन्।

अमेरिका र क्यानडाबीच विश्वकै सबैभन्दा ठूलो द्विपक्षीय व्यापार सम्बन्ध छ। उनीहरूबीच वार्षिक १।२ ट्रिलियन डलरको व्यापार हुने गर्छ। अर्थात्, दैनिक ३।६ अर्ब डलरको।

क्यानडा र अमेरिकाको आर्थिक सम्बन्ध यति जेलिएको छ कि गाडीको एउटै पार्टपुर्जाले एसेम्ब्लीका लागि गन्तव्यमा पुग्नुअघि यी दुई देशबीचको सीमा ५ या ६ पटक पार गर्नुपर्छ।

ट्रम्पको भन्सार महसुल कायम रहे क्यानडा मन्दीमा जाने भविष्यवाणी गर्न थालिएको छ। सोहीकारण ट्रम्पको कदमलाई क्यानडाले सहज मानेको छैन। उसले पनि जवाफी भन्सार महसुल घोषणा गरेको छ। त्यसमाथि क्यानडाले आफ्ना नागरिकलाई अमेरिकी सामान बहिष्कार गर्न आग्रह पनि गरेको छ। कतिपय राज्यले रक्सी पसलहरूबाट अमेरिकी उत्पादन हटाउन भनेका छन्।

क्यानडाको सरकार र व्यापारिक समुदाय संकट समाधानका लागि मैदानमा उत्रिएको छ। क्यानडाका प्रमुख ब्यांकका सीईओहरूले आइतबार र अर्थमन्त्री डोमिनिक लब्लांकसँग भेट गरेका छन्।

‘क्यानडाले धोका पाएको महसुस गरेको छ। हिंसामा परेको महसुस गरेको छ। बिनाकुनै कारण ठूल्दाजुको पिटाइ खाएको महसुस गरेको छ,’ ब्यांक अफ नोभा स्कटियाका अर्थशास्त्री डेरेक होल्टले एक रिपोर्टमा लेखेका छन्, ‘मैले ३० करिअरमा नदेखेको तरिकाले यी दीर्घकालीन सहयोगी मुलुकबीचको सम्बन्ध बिग्रेको छ।’

क्यानडाले लगाएको जवाफी भन्सार महसुल मंगलबारबाट लागू हुँदैछ। सुरुमा ३० अर्ब क्यानडेली डलरका अमेरिकी सामानमा कर लाग्नेछ। मादक पदार्थ, चुरोट, कफी, हीराको औँठी, मोटरसाइकल र मेकअपका सामग्रीमा कर लाग्ने छ।

तीन सातापछि थप १२५ अर्ब क्यानडेली डलरको अमेरिकी सामानमा कर थपिने छ।

निकट सहयोगीसँग यसरी सम्बन्ध बिग्रिँदा थुप्रै क्यानडेली क्रुद्ध र निराश भएका छन्। खेलकुद प्रतियोगिताहरूमा अमेरिकी राष्ट्रियगान बज्दा क्यानडेलीहरूले विरोध गरेका छन्।

क्यानडाकी पूर्वअर्थमन्त्री क्रिस्टिया फ्रिल्यान्डले एक अन्तर्वार्तामा भनेकी छन्, ‘अमेरिकाको सबैभन्दा निकट मित्रलाई दिइएको धोका हो यो। आफ्नै सहयोगी, छिमेकी र विश्वभरकै उत्तम साझेदारलाई दिइएको धोका हो यो।’

उनी प्रधानमन्त्री जस्टिन ट्रुडोपछि क्यानडाको प्रधानमन्त्री हुने दौडमा छिन्। सो दौडमा रहेका लिबरल पार्टी पाँचैजना प्रतिस्पर्धीले संयुक्त वक्तव्य निकालेर अमेरिकी महसुल दुई देशबीचको दीर्घकालीन आर्थिक साझेदारीमाथिको हमला भएको बताएका छन्।

सधैँ अमेरिकाको साथमा उभिएको क्यानडाका नागरिकले अर्को संकटमा अमेरिकाको यो धोकालाई सम्झिने विश्लेषकहरूको भनाइ छ, किनकि मित्रता कहिल्यै पनि एकतर्फी हुँदैन। एजेन्सी

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

सम्बन्धित

पहिलो हाफमा अल्जेरियाविरूद्ध जोर्डनलाई १-० को अग्रता

नवलपुरमा ईभी हाइस दुर्घटना, आठ जना घाइते

गोल र नेतृत्व दुवैमा अब्बल एम्बाप्पे, विश्वकप २०२६ को गोल्डेन बुटको दाबेदार

भक्तपुरमा एक युवकको हत्या: तीन जना पक्राउ

सेनेगललाई पराजित गर्दै नर्वे नकआउट प्रवेश

एम्बाप्पे चम्किए, फ्रान्सले इराकलाई गोलविहीन बनायो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group