ABC NEWS NEPAL | No.1 News channel of Nepal
१ श्रावण २०८३, शुक्रबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

शेख हसिनालाई सामाजिक सञ्जाल प्रयोग गर्न नदिन भारतसँग बंगलादेशको अनुरोध


एबीसी न्यूज
२५ माघ २०८१, शुक्रबार   ११ : ५३   बजे

काठमाडौं २५ माघ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना ६ महिनादेखि भारतको शरणमा छिन्।

यसैबीच बंगलादेशले शेख हसिनाले सामाजिक सञ्जाल प्रयोग गरिरहेकामा भारत सरकारसँग कडा विरोध जनाएको छ।

यस सम्बन्धमा बंगलादेशको विदेश मन्त्रालयले सामाजिक सञ्जाल फेसबुकमा विज्ञप्ति जारी गरेको छ।

पोस्टमा भनिएको छ, ‘बंगलादेशको विदेश मन्त्रालयले पूर्वप्रधानमन्त्री शेख हसिनाले सामाजिक सञ्जाललगायत विभिन्न प्लेटफर्ममा लगातार दिइरहेका झुटा र बनावटी टिप्पणी र अभिव्यक्तिबारे भारत सरकारसँग कडा विरोध जनाएको छ, जसले बंगलादेशमा अस्थिरता निम्त्याइरहेको छ।’

‘ढाकास्थित भारतका कार्यवाहक उच्चायुक्तलाई हस्तान्तरण गरिएको विरोध पत्रमार्फत मन्त्रालयले बंगलादेश सरकारको गहिरो चिन्ता, निराशा र गम्भीर आपत्ति व्यक्त गरेको छ, किनकि यस्ता अभिव्यक्तिले बंगलादेशका जनताको भावनामा चोट पुर्‍याइरहेका छन्।’

विज्ञप्तिमा भनिएको छ, ‘शेख हसिनाको यस्तो कार्यलाई बंगलादेशप्रति शत्रुतापूर्ण कार्य मानिन्छ र दुई देशबीचको राम्रो सम्बन्ध स्थापित गर्ने प्रयासका लागि लाभदायक हुँदैन।’

विज्ञप्तिमा थप भनिएको छ, ‘विदेश मन्त्रालयले भारत सरकारलाई पारस्परिक सम्मान र समझदारीको हितमा छिटोभन्दा छिटो उचित कदम चाल्न अनुरोध गरेको छ ताकि भारतमा रहँदा सामाजिक सञ्जाल र सञ्चारका अन्य माध्यमहरू प्रयोग गरेर शेख हसिनालाई झुटा, बनावटी र उत्तेजक बयान दिनबाट रोक्न सकियोस्।’

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

श्रीलंकामा संयोजक प्रचण्डद्वारा समाजवादको राजनीतिक रूपरेखा प्रस्तुत

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

सम्बन्धित

तीन महिनामा विपद्मा परि १६० जनाको मृत्यु

वाग्मतीसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना, नदीमा बाढीको जोखिम बढ्यो

साउने संक्रान्ति पर्व आज देशैभर स्नान तथा दान गरी मनाइँदै

नागढुंगा–मुग्लिन र मुग्लिन–नारायणगढ सडकखण्ड खुले

भारतको सबैभन्दा ठूलो आणविक विद्युत् केन्द्रमा साइबर आक्रमण भएको आशङ्का

आजदेखि कर्मचारीको तलव बढ्यो, शिक्षा, स्वास्थ्य र विद्युतमा करको बोझ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu