काठमाडौं १५ चैत । अस्ट्रेलियाका प्रधानमन्त्री एन्थोनी अल्बानिजले शुक्रबार देशमा संघीय चुनाव मे ३ मा हुने घोषणा गरेका छन्।
अल्बानिजको लेबर पार्टीसँग हाल थोरै बहुमत छ। ओपिनियन पोलले अस्ट्रेलियाका दुई प्रमुख राजनीतिक दल लेबर पार्टी र लिबरल पार्टीबीच कडा प्रतिस्पर्धा हुने अनुमान गरेको छ।
यस्तो अवस्थामा दुवै ठूला राजनीतिक दल स्वतन्त्र सांसद वा अन्य साना दलमा भर पर्ने सम्भावना छ।
सन् २०२२ मा भएको निर्वाचनमा साना दल र स्वतन्त्र उम्मेदवारले कीर्तिमानी मत प्राप्त गरेका थिए। जीवनयापनको लागतसँग सम्बन्धित मुद्दा चुनावी अभियानमा हावी हुने सम्भावना छ।
अल्बानिजले पत्रकार सम्मेलनमा जीवनयापनको लागतलाई सम्बोधन गर्ने आफ्नो वाचा दोहोर्याए। उनले थप निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने, विद्यार्थी ऋण घटाउने र साना कर कटौती गर्ने योजना घोषणा गरिसकेका छन्।
अल्बानिजले आफ्नो प्रतिद्वन्द्वी पिटर डटनलाई निर्वाचित गर्नु देशका लागि एक कदम पछाडि हुने टिप्पणी गरेका छन्।
प्रतिक्रिया दिनुहोस्