ABC NEWS NEPAL | No.1 News channel of Nepal
८ असार २०८३, सोमबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

आवश्यक परे अमेरिकी करको बदला लिने योजना छ – ईयू प्रमुख


एबीसी न्यूज
१८ चैत्र २०८१, मंगलबार   ६ : ५७   बजे

काठमाडौं १९ चैत । युरोपेली सङ्घ ९ईयू० की प्रमुख उर्सुला भन डेर लेयनले आवश्यक भएमा अमेरिकी करको बदला लिने योजना ईयूसँग रहेको बताउनुभएको छ । लेयनले यो हप्ता लागू हुने अमेरिकी करहरूको ‘वार्ता समाधान’ का लागि ईयूले अझै आशा गरेको तर आवश्यक परेमा जवाफी कारबाही गर्न ‘सबै उपकरण टेबलमा रहेको’ बताउनुभएको एएफपीले जनाएको छ ।

युरोपेली संसद्को सत्रमा ईयू प्रमुख लेयनले आफूहरू वार्ताका लागि खुला रहेको तर आवश्यक परेमा बदला लिने आफूहरूको बलियो योजना रहेको बताउनुभयो ।

यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले धेरै देशविरुद्ध आज राति जतिसक्दो चाँडो करहरूको नयाँ समूह घोषणा गर्ने तयारी गर्नुभएको खबरमा उल्लेख छ । यसलाई उहाँले कथित अनुचित व्यापार असन्तुलनलाई सुधार गर्न ‘मुक्ति दिवस’ भन्नुभएको छ । ईयूले २७–देश ब्लकको व्यापार नीतिको नेतृत्व गर्दछ र व्यापार युद्धबाट बच्न अमेरिकासँग छलफलमा जोड दिएको छ ।

अमेरिकी राष्ट्रपति ट्रम्पको आक्रामक कर रणनीतिले विश्वव्यापी व्यापार युद्धको डर बढाइरहेको छ । चीन, क्यानडा र ईयूजस्ता प्रमुख व्यापारिक साझेदारहरूको प्रतिशोधको शृङ्खला प्रतिक्रियाको जोखिम उत्पन्न गर्दैछ ।

जनवरीमा ट्रम्प सत्तामा फर्किएपछि ईयू पर्सि बिहीवारदेखि लागू हुने अटो आयातमा २५ प्रतिशत करसहित धेरै अमेरिकी कर घोषणाद्वारा प्रभावित भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

अमेरिका–इरान वार्तामा उत्साहजनक प्रगति, ६० दिनभित्र अन्तिम सम्झौताको रोडम्याप तयार

सम्बन्धित

एमालेले भन्यो– विष्णु पौडेलको गिरफ्तारी सरकारको अराजनीतिक, अलोकतान्त्रिक र नाङ्गो प्रतिशोधको पराकाष्ठा

बारामा मोटरसाइकलले ठक्कर दिँदा तीन जनाको मृत्यु

स्वागत ट्रेडिङ ग्रुपको छैटौँ आउटलेट दक्षिणढोकामा विस्तार

वडाध्यक्षमाथि दुर्व्यवहार गर्ने पत्रकारलाई निलम्बन

विष्णु पौडैललाई सुर्खेतबाट नेपालगञ्ज लगियो

रास्वपा महाधिवेशन लम्बिने, प्रतिनिधिको संख्या पनि बढ्यो

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group