ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० श्रावण २०८३, आइतबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

मेडिकल कलेजले तिरेन सरकारी अस्पताललाई डेढ करोड


admin
१२ चैत्र २०७४, सोमबार   ७ : ०१   बजे

चितवन, १२ चैत। कलेज अफ मेडिकल साइन्सेस शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) ले जग्गा भाडाबापत भरतपुर अस्पताललालाई रु एक करोड ५० लाख तिर्न बाँकी रहेको छ ।

भरतपुर अस्पतालले आज यहाँ पत्रकार सम्मेलन गरी मेडिकल कलेजले लामो समयदेखि विभिन्न बहाना बनाई अस्पताललाई तिर्नुपर्ने रकम नतिरेको जानकारी दिएको हो ।

अस्पताल विकास समितिका अध्यक्ष राजकुमार राजभण्डारीले मेडिकल कलेजले भरतपुर अस्पताललाई तिर्नुपर्ने बक्यौता रकममध्ये महालेखा परीक्षकको कार्यालयले प्रचलित ऐनबमोजिम औँल्याएको बेरुजु रु ६७ लाख र अस्पताललाई दिनुपर्ने सम्झौताबमोजिमको बक्यौता रकमसमेत गरी करिब रु एक करोड ५० लाख भन्दा बढी बक्यौता देखिएको बताउनुभयो ।

विसं २०५२ सालमा नेपाल सरकारसँग सम्झौता गरी भरतपुर अस्पतालको नौ बिगाहा जग्गा भाडामा लिएर भारतीयले मेडिकल कलेज सञ्चालन गरेका छन् । शुरुवातको समयमा प्रतिबिगाहा प्रतिवर्ष ५० हजार भाडा दिने सम्झौता भएको थियो ।

सम्झौताको समयमा पाँच वर्षपछि प्रत्येक वर्ष १० प्रतिशतका दरले भाडा वृद्धि गर्ने शर्त रहेको अध्यक्ष राजभण्डारीले बताउनुभयो । तर विसं २०६३ सालमा तत्कालीन अस्पताल विकास समितिका अध्यक्ष बद्री तिमिल्सिना १० प्रतिशत वृद्धि हुने प्रावधान खारेज गर्नुभएको उहाँले बताउनुभयो ।

यसबाट अस्पताललाई ठूलो आर्थिक क्षति भएको छ, अध्यक्ष राजभण्डारीले भन्नुभयो – ‘यो निर्णय अस्पतालकै इतिहासमा घातक र हानिकारक भएको छ ।’

पुरानो सम्झौतालाई पुनरावलोकन गर्न अस्पतालले पटकपटक आग्रह गरे पनि मेडिकल कलेजले अटेर गर्दै आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा रुद्रप्रसाद मरासिनीले बताउनुभयो । उहाँले सम्झौता पुनरावलोकन नभएसम्म मेडिकल कलेजलाई अस्पतालमा प्रयोगात्मक कक्षा पनि नदिइएको बताउनुभयो ।

अस्पताल विकास समितिका निवर्तमान अध्यक्ष विजय सुवेदीले २०६३ मा सम्झौता संशोधन नभएको भए अहिले अस्पतालले प्रतिबिगाहा वार्षिक रु दुई लाख २५ हजार पाउन सक्ने बताउनुभयो । अस्पतालले पाउनु पर्ने रकम मेडिकल कलेजले नियमित रुपमा तिर्नुपर्ने आफ्नो त्यतिबेलाको अडान कायमै रहेको उहाँले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

ओलीले राखेको शिलान्यास शिलालेख खोजीमा आयोजना कार्यालय

आइफोन लुट्न साथीबाटै १७ वर्षीय किशोरको हत्या, नौ दिनपछि गलेको अवस्थामा शव फेला

युद्धरत इरान–युक्रेन तनाव बढ्यो, जवाफी कारबाही गर्ने तेहरानको चेतावनी

हेटौँडामा रक्ताम्य अवस्थामा मृत भेटिए पुरुष,मृतकसँगै रहेकी महिला फरार

तीन दिनसम्म देशभर मनसुन सक्रिय नरहने

एमबीएसको प्रश्नपत्र आउट गर्ने दुई व्यक्ति पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu