काठमाडौंँ १४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले मुगुको रारा तालबाट वैशाख १ गते देशवासीका नाममा सम्बोधन गर्ने हुनुभएको छ ।
कर्णाली प्रदेशले आयोजना गर्ने ‘पर्यटन वर्ष २०७५’ को उद्घाटन गर्न उहाँ रारा ताल जाने र सोही स्थानबाट देशवासीलाई सम्बोधन गर्ने हुनुभएको नेपाल ट्रेड यूनियन महासंघ (जिफण्ट)को सातौ महाअधिवेशनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले सो जानकारी दिनुभएको हो ।
“कर्णाली प्रदेशले आयोजना गरेको पर्यटन वर्ष २०७५ को पहिलो पर्यटक म नै हुन्छु”, प्रधानमन्त्री ओलीले भन्नुभयो, “राराबाट यसपालि पर्यटनको बिगुल बजाइनेछ ।” समृद्ध नेपालको मुख्य आधार पर्यटन भएकाले त्यसको प्रवद्र्धनमा सबै क्षेत्र लाग्नुपर्नेमा प्रधानमन्त्रीले जोड दिनुभयो ।
वर्तमान सरकार अघिल्ला सरकार जस्तो नियमित नीति र गतिमा मात्र सञ्चालन नहुने उहाँले बताउनुभयो । ‘यो सरकार भिन्न नीति र गतिमा सञ्चालन हुन्छ’ प्रम ओली भन्नुभयो, सरकारले नेपाल बनाउँछ । केहीवर्षमै मानिसहरुले नेपाललाई सिंगापुर र स्विटजरल्याण्ड जस्तो भन्नेछन् ।’
प्रतिक्रिया दिनुहोस्