ABC NEWS NEPAL | No.1 News channel of Nepal
९ असार २०८३, मंगलबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

भावी प्रधानसेनापतिका पीए र अनुसन्धानका एआईजीको श्रीमती भन्दै करोड ठग्ने पक्राउ


admin
२२ चैत्र २०७४, बिहिबार   ५ : २४   बजे

काठमाडौं, २२ चैत । नेपाली सेनाको भावी प्रधानसेनापतिका पीए र राष्ट्रिय अनुसन्धान विभागका एआईजीको श्रीमती भन्दै एक करोडभन्दा बढी ठग्ने चार जना पक्राउ परेका छन् ।

प्रहरी परिसर काठमाडौंको टोलीले बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दे लमजुङ घर भई काठमाडौं तारकेश्वर बस्दै आएका मोहन दुरा, मनमैजु बस्ने पशुपति अधिकारी, तनहुँ व्यास बस्ने यमुना खड्का र वनस्थली बस्ने रमेश कुमाललाई पक्राउ गरेको जनाएको हो ।

उनीहरुले सेना, प्रहरी र राष्ट्रिय अनुसन्धानमा जागिर लगाइदिनेदेखि क्यानडा, अमेरिका, पोल्याण्ड पठाइदिने भन्दै विभिन्न व्यक्तिहरुसँग एक करोडभन्दा बढी ठगी गरेका थिए । काठमाडौंका एसएसपी विश्वराज पोखरेलले यो गिरोहले राष्ट्रिय अनुसन्धान विभागको सिपाहीमा भर्ना गर्ने भन्दै दुई लाख, शान्ति मिसनमा पठाउने भन्दै दुई लाख तथा सेनाको सेकेण्ड लेफ्टिनेन्ट बनाइदिने भन्दै सात लाख लिएको देखिएको बताउनुभयो ।

त्यस्तै प्रहरीले नक्कली विद्यार्थी परिचयपत्र, सेना तथा प्रहरीको डकुमेन्ट र विश्वविद्यालयका नक्कली सर्टिफिकेट बनाउने बनाउन कीर्तिपुर पाँगास्थित टर्कुमान महर्जनलाई पक्राउ गरेको छ । महर्जनले एक दिनमा ५० भन्दा बढी विभिन्न कलेजका खासगरी त्रिभुवन विश्वविद्यालयका परिचयपत्र बनाउँदै आएको प्रहरीले जनाएको छ । महर्जनले विद्यार्थी परिचयपत्रसँगै वृद्धावृद्धाको कार्ड, सेना–प्रहरीको कार्ड, शैक्षिक योग्यताको प्रमाणपत्रसमेत बनाउँदै आएको खुलेको काठमाडौंका एसएसपी पोखरेलले बताउनुभयो ।

सरकारी छापको दुरुपयोग गरेर विभिन्न कागजात बनाउँदै आएका महर्जनलाई अहिले सार्वजनीक अपराध ऐनअन्र्तगत मुद्दा चलाइएको प्रहरी परिसर काठमाडौंले जनाएको छ । त्यस्तै प्रहरीले मंगलबार नियन्त्रणमा लिईएको ना ६ ख ६३०२ को बस बाट थप तीस लाख बरावरको सामान फेला पारेको छ । यसअघि बिहीबार उक्त बसमा खानतलासि गर्दा फल्स बटमबाट रक्तचन्दन फेला पारेको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

कतारको ग्यास उद्योग क्षेत्रमा विस्फोट : १२ भारतीयसहित १३ जनाको मृत्यु, ६६ घाइते

बर्नहम : बेलायतका बालेन कि नयाँ ब्लेयर ?

सम्बन्धित

नेकपाको केन्द्रीय कमिटी बैठक नवस्दा सदस्य नै भुमिका विहिन बनेको गुनासो (भिडियोसहित)

जनकपुर अंचल आयुर्वेद औषधालयका कार्यालय प्रमुखकै मिलेमतोमा व्यापक अनियमितता (भिडियोसहित)

पाल्पा संग्राहलय : सामाग्री संरक्षण अभावमा अलपत्र बन्दै (भिडियोसहित)

नेपालमा सडक दुर्घटना हुनुका प्रमुख कारणमा सडकको प्राविधिक अवस्था, चालकको लापरवाही (भिडियोसहित)

बाँकेको आधुनिक बसपार्क सम्पन्न नहुँदा यात्रुदेखि स्थानीयसम्मलाई सास्ती ( भिडियाेसहित)

रुपन्देहीको बेलबासबाट चरेस पक्राउ

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group