काठमाडौं, २२ चैत । बझाङमा लामो समय देखि जिर्ण रहेको जिल्ला कारागार पुनः निर्माण भएपछि प्रदेस नं ७ कै नमुना कारगार बनेको छ ।
जस्ता पाताले निर्माण गरिएको बन्दी गृह तथा पर्खाल मर्मत्त हुन नसकेपछि जिर्ण बन्दै गएको बझाङ कारागार यस वर्ष भने ठुलो लगानीमा पुर्न निर्माण भएको हो ।
२०४० सालमा स्थापना भएको कारागारको संरचना पुरानो भएकोले नयाँ भवन निर्माण गरिएको हो ।
शहरी विकास डिभिजन कार्यालयले यस आर्थिक वर्ष बझाङ कारागारमा ब्यवस्थित खालका २ वटा भवनहरुको निर्माण कार्य सम्पन्न गरेको छ ।
शान्ति तथा पुर्न्निर्माण मन्त्रालयको आर्थिक सहयोगमा शहरी विकास डिभिजन कार्यालय वैतडीले उक्त कारागारको निर्माण कार्य गर्दै आएको हो ।
शहरी डिभिजन कार्यालय वैतडीले ३ करोड १८ लाखमा सम्झौता गरी बझाङ कारागारको निर्माण कार्यको जिम्मा लिएको कारागार शाखाले जानकारी दिएको छ ।
आधुनिक तथा ब्यवस्थित बन्दी गृह निर्माण भएपछि कैदी बन्दीहरुलाई राख्न सजिलो हुने कारागार शाखाका निमित्त अधिकृत(जेलर) राजेन्द्र बोहराले बताए ।
कर्कट पाताको छाना मुनी रात विताउदै आएका बझाङ कारागारका कैदी बन्दीहरु भवन निर्माण भएपछि सहज भएको हो ।
प्रतिक्रिया दिनुहोस्