काठमाडौं, २३ चैत । काठमाडौं महानगरपालिकाले आफ्नो राजपत्र प्रकाशित गरेको छ ।
काठमाडौं महानगरपालिकाले हालसम्म बनाएको नीति, कार्यक्रम र बजेट समेटिएको राजपत्र शुक्रबार एक कार्यक्रमका बीच मेयर विद्यासुन्दर शाक्यले सार्वजनिक गर्नु भएको हो ।
महानगरपालिकाका हालसम्मका सबै गतिविधि सर्वसाधारणलाई जानकारी दिने उद्देश्यले राजपत्र प्रकाशित गरिएको पनि मेयर शाक्यले बताउनु भयो । स्थानीय सरकार संचालन ऐनमा व्यवस्था भएबमोजिम प्रकाशित गरिएको राजपत्रमा काठमाडौं महानगरपालिकाका हालसम्मका सबै नीतिगत निर्णयहरु उल्लेख गरिएको छ ।
महानगरका नगर सभा र नगर कार्यपालिकाले लिएको नीतिगत निर्णयहरु राजपत्रमार्फत सर्वसाधारणलाई जानकारी लागि प्रकाशित गरिएको छ । महानगरपालिकाका सबै गतिविधिलाई राजपत्रमार्फत् सार्वजनिक गर्दै लैजान पनि मेयर शाक्यले प्रतिवद्धता व्यक्त गर्नु भयो । स्थानीय तहमा पनि आफूले बनाएको कानुन, ऐन, नियम र बजेटहरु राजपत्रमार्फत् सार्वजनिक गर्ने कानुनी व्यवस्था छ ।
प्रतिक्रिया दिनुहोस्