ABC NEWS NEPAL | No.1 News channel of Nepal
१० असार २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • अन्तर्वार्ता
  • प्रदेश-विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

चितवनमा गृहमन्त्री थापा सम्मानित


admin
२४ चैत्र २०७४, शनिबार   ६ : ०९   बजे

चितवन, २४ चैत । गृहमन्त्री रामबहादुर थापाले सुशासन र जनसेवा प्रभावकारी बनाउन चितवनका सरकारी अधिकारीलाई निर्देशन दिनुभएको छ ।

आज जिल्ला प्रशासन कार्यालय, चितवनमा सरकारी कार्यालयका प्रमुख तथा प्रतिनिधिसँगको छलफलमा उहाँले जनताको सेवालाई चुस्त पार्दै भ्रष्टाचारलाई रोक्नतर्फ सबैले सहयोग गर्नुपर्नेमा जोड दिनुभयो ।

चितवन जिल्ला विभिन्न आपराधिक क्रियाकलापका दृष्टिले ‘ट्रान्जिट प्वाइन्ट’ रहेको भन्दै उहाँले शान्ति, सुरक्षा, सुव्यवस्था र सेवामा समेत ध्यान दिन कर्मचारी तथा सुरक्षा अधिकारीलाई निर्देशन दिनुभयो ।

कार्यक्रममा चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टले जिल्लाको शान्ति सुरक्षाको अवस्था र रणनीतिबारे गृहमन्त्री थापालाई जानकारी गराउनुभएको थियो । यस्तै, माडी नगरपालिकाका प्रमुख ठाकुर ढकालले चितवन निकुञ्ज र स्थानीयबीच द्वन्द्व बढ्दै गएको भन्दै समाधानका विषयमा गृहमन्त्री थापाको ध्यानाकर्षण गराउनुभएको थियो । अन्य विषयगत कार्यालयका प्रमुखले आआफ्नो कार्यालयका बारेमा गृहमन्त्रीलाई जानकारी गराएका थिए ।

सो क्रममा गृहमन्त्री थापाले नीतिगत रुपमा सुधार गर्नुपर्ने विषयमा आफ्नोतर्फबाट सहयोग रहने प्रतिबद्धतासमेत जनाउनुभयो । आजै, जिल्ला सुरक्षा समितिको बैठकमा सहभागी हुँदै गृहमन्त्री थापाले जिल्लाको सुरक्षा अवस्थाबारे जानकारी लिनुभएको थियो ।

गृहमन्त्री सम्मानित

गृह जिल्ला चितवनमा गृहमन्त्री रामबहादुर थापालाई सम्मान गरिएको छ । नेकपा (माओवादी केन्द्र) चितवनले पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा गृहमन्त्री थापालाई कदरपत्रसहित सम्मान गरेको हो । मन्त्री थापा नेकपा (माओवादी केन्द्र)का संगठन विभाग प्रमुख समेत हुनुहुन्छ ।

सो अवसरमा गृहमन्त्री थापाले चितवन आपराधिक क्रियाकलाप गर्नेहरुको केन्द्र बन्न सक्ने भन्दै सबै सचेत हुनुपर्नेमा जोड दिनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

रोनाल्डोको दुई गोल, पोर्चुगलको सहज जित, इंग्ल्यान्डलाई घानाको कडा चुनौती

रास्वपाको अर्थ–राजनीतिक खाका : प्रदेशसभा खारेजीदेखि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसम्म (पूर्णपाठ)

सभापतिमा रवि लामिछाने निर्विरोध–रास्वपा निर्वाचन आयोग

गृहमन्त्रीले खान लागेको अम्लेटमा माछाको काँडा भेटिएको होटललाई ३ लाख जरिवाना

बिहारमा सामूहिक बलात्कार : २०१२ को दिल्ली काण्डको सम्झना, प्रहरी र अस्पतालको चरम लापरबाही

विष्णु पौडेललाई ७ दिन थुनामा राख्न अदालतको अनुमति

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by ABC Meida Group