बझाङ, २३ चैत। जिल्ला अस्पताल बझाङको शैयामा विस्तार हुने भएको छ । हाल १५ शैयाको उक्त अस्पताल ३० शैयामा विस्तार हुन लागेको हो।
अस्पतालको नयाँ भवन निर्माणपछि विस्तार हुने जिल्ला अस्पताल बझाङले जनाएको छ । भवन निर्माणको काम भवन डिभिजन कार्यालयले अगाडि बढाइरहेको जनाएको छ । करिब २५ करोड लागतमा बन्न लागेको भवन २ वर्षभित्र निर्माण सम्पन्न हुने लक्ष्य राखिएको छ ।
जिल्ला अस्पतालका प्रमुख डाक्टर अनुप रेग्मीका अनुसार हाल १५ शैयाको अनुमति पाएको उक्त अस्पतालमा बिरामीको चाप बढी भएका कारण सेवा प्रभावित भएकोले ४० शैयामा विस्तार गर्नुपरेको बताए।
उनले नयाँ भवन बनेपछि सेवा प्रवाहमा थप सहज हुने बताए।
प्रतिक्रिया दिनुहोस्