सिन्धुली, २५ चैत । नयाँ शक्ति पार्टीका संयोजक डा. बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीको भारत भ्रमण समग्रमा सफल भएको टिप्पणी गर्नुभएको छ ।
सिन्धुलीमा आज आयोजित पत्रकार सम्मेलनमा संयोजक डा. भट्टराईले समग्रमा प्रधानमन्त्रीकोे भ्रमण समग्रमा सकारात्मक नै भएको टिप्पणी गर्नुभयो ।
आफ्नो राष्ट्रको हितलाई ख्याल गरेर कुटनीतिको चाल चाल्ने भएकाले राष्ट्रिय स्वाधीनताको ख्याल गर्दै अघि बढ्नुपर्ने उहाँले बताउनुभयो ।
उहाँले भन्नुभयो, ‘नेपालमा संविधान जारी भए पछि भारतले नाकावन्दी गर्नुको कारण नेपाली जनताले जान्न चाहेको, यसैलाई लिएर अहिलेका प्रधानमन्त्रीले लोकप्रियता कमायको अवस्थामा के स्वार्थले नाकाबन्दी गरेको हो । त्यो प्रधानमन्त्रीले गला मिलाउनु अघि खोतल्नु पर्छ बाझाबाझ र सहजै मेलमिलाप जनताको नजरमा राम्रो हुदैन ।’
उहाँले अर्को प्रसंगमा प्रचण्डले नेतृत्व गरेको माओवादीको एजेण्डा सकिएर एमालेमा विलय भएको आरोप लगाउनुभयो ।
उहाँले जनतालाई झुक्याउँदै सरकारमा जाने पुराना शक्तिहरुले देशलाई समृद्ध देश बनाउन नसक्ने दाबी पनि गर्नुभयो ।
आगमी चुनावसम्म नयाँ शक्तिलाई देशको पहिलो शक्ति वनाउने समेत संयोजक भट्टराईले दाबी गर्नुभयो ।
प्रतिक्रिया दिनुहोस्