ABC NEWS NEPAL | No.1 News channel of Nepal
३ भदौ २०८३, बुधबार
  • होमपेज
  • मुख्य समाचार
  • अर्थ वाणिज्य
  • विचार
  • खेलकुद
  • अन्तर्राष्ट्रिय
  • प्रदेश विशेष
  • राजनीति विशेष
  • ENGLISH
  • समाचार
  • विशेष
  • रिपोर्ट
  • विचार
  • अर्थ वाणिज्य
  • जीवनशैली
  • प्रदेश विशेष
  • मनोरञ्जन
  • खेलकुद
  • ENGLISH
  • प्रदेशबिशेष
    • कोशी
    • मधेश
    • बागमती
    • गण्डकी
    • वाग्मती
    • कर्णाली
    • सुदूरपश्चिम
  • सोसल भिडिया
  • Facebook
  • Twitter
  • Youtube
  • Instagram

समसमायिक बिषयमा प्रदेशसरकारको ध्यानाकर्षण


एबीसी न्यूज
२६ चैत्र २०७४, सोमबार   ८ : २७   बजे
पोखरा, २६ चैत । प्रदेश नं ४ को आज बसेको प्रदेशसभा बैठकमा सदस्यले जनआन्दोलनको स्मरण गर्नुका साथै जनताले भोगेका समस्याका सम्बन्धमा आआफ्ना धारणा राखेका छन् । 

शून्य समयमा धारणा राख्दै प्रदेशसभा सदस्य रामजीप्रसाद बरालले बेपत्ता छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोगको भूमिका प्रभावकारी बन्नुपर्ने बताउनुभयो ।

रामबहादुर गुरुङले भानु नगरपालिका वडा नं १०, ११, १२ र १३ तथा व्यास नगरपालिकाको वडा नं ८ र ९ लाई पर्यटन केन्द्रका रुपमा विकास गर्नुपर्नेमा जोड दिनुभयो ।

विनोद केसीले म्याग्दीको रघुगंगा नगारपालिकामा गुठीका नाममा जग्गा अतिक्रमण हुने गरेको र त्यसका नाममा जनताले लालपूर्जा प्राप्त गर्न नसकेको उल्लेख गर्दै पीडित भएका जनतालाई सहयोगका लागि प्रदेश सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विशेष समयमा धारणा राख्दै प्रदेशसभा सदस्य राजीव पहारीले पोखराको पर्यटकीय महत्वको फेवाताल संरक्षण हुन नसकेको बताउँदै यही क्रम हुने हो भने ३० वर्षमा पुरिने अवस्थामा रहेकोप्रति सरकारको ध्यानाकर्षण गराउनुभयो ।

विष्णुप्रसाद लामिछानेले नवलपुरका साविक १७ गाविस भौगोलिक रुपमा पनि विकट भएको बताउँदै जिल्लाका माझी, बोटेलगायत समुदायको जीवनस्तर उँचो बनाउने खालका कार्यक्रम ल्याउनुपर्नेमा जोड दिनुभयो ।

मीना गुरुङले महिला दिनप्रतिदिन घरेलु हिंसाबाट पीडित बनेको उल्लेख गर्दै उनीहरुमा न्यायिक अधिकारको प्रभावकारिता बढाउनुपर्ने बताउनुभयो ।

हरिशरण आचार्यले भूकम्पपीडित सुकुम्बासी आफ्नो नाममा लालपुर्जा नहुँदा घर बनाउन नसकेकाप्रति सरकार गम्भीर बन्नुपर्ने धारणा राख्नुभयो ।

पियारी थापाले भ्रष्टाचारले समाजलाई गाँजेको बताउँदै भ्रष्टाचाररहित समाज निर्माण गरिनुपर्नेमा जोड दिनुभयो ।

चन्द्रबहादुर बुढाले जनताका शिक्षा, स्वास्थ्य लगायतका आधारभूत सेवा सुविधा उपलब्ध गराउनेतर्फ सरकारको ध्यानाकर्षण गराउनुभयो ।

कृष्णबहादुर थापाले वन विज्ञान संकाय डिन कार्यालय अदालतको आदेशानुसार पोखरामा नै रहने भनिए पनि अझै काठमाडौँबाटै काम भइरहेको बताउँदै अदालतको आदेशलाई सम्मान गरी सो कार्यालयलाई तत्काल पोखरामा सारिनुपर्ने विचार व्यक्त गर्नुभयो ।

प्रतिक्रिया दिनुहोस्

ताजा अपडेट

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

सम्बन्धित

अल्जाइमरको उपचारको खोजीमा ढिलाइ गरिरहेका झूटका कथाहरू

नेपालको जनसंख्या तीन करोड नाघ्यो : जन्मदर र मृत्युदर दुबै घट्दो क्रममा

नेकपा बैठकमा प्रधानमन्त्री ओली अनुपस्थित

नेकपा स्थायी कमिटीको बैठक शुरु

राष्ट्रिय भिटामिन ए’ कार्यक्रम यही असार २२ र २३ गते

गाँजासहित वडाध्यक्ष घर्ती पक्राउ

काभ्रेमा कस्ले लुट्यो सर्वोच्च अदालतसम्म पुगेको ९० लाखको बुद्धचित्तको माला

लागुऔषध दुरुपयोग रोक्न समुदायको सहकार्य आवश्यक छ – गृहमन्त्री थापा

३० वर्षपछि जित्यो लिभरपुलले प्रिमियर लिगको उपाधि

गण्डकी प्रदेशमा कोरोना सङ्क्रमित ७९२ पुगे, १०१ निको भए

राना थारूको ड्रेसमा सजिदै खानेपानी मन्त्री भन्छिन् “सबै जात जातिको संस्कृति जगेर्ना गर्नु राज्यको दायित्व”

जम्बो टोलीसहित प्रधानमन्त्री भारत जांदै

Ukraine’s Military Recruitment Tactics Spark Violence and Corruption Concerns

Israeli Army Confirms Numbering of Palestinian Detainees During West Bank Raid

प्रधानमन्त्री बालेनसँग सम्बन्ध चिसिएको विषयमा रविको स्पष्टीकरण : ‘व्यक्तिगत दुश्मनी होइन, विचारको मतभेद हो’

Unitree Robotics Shares Surge on Shanghai Debut as Humanoid Robot Market Heats Up

Dozens Killed in Artisanal Gold Mine Collapse Near Cameroon Border

किशोर श्रेष्ठलाई पक्राउ नगर्न उच्च अदालत पाटनको अन्तरिम आदेश

ABC NEWS NEPAL | No.1 News channel of Nepal
एबीसी मिडिया ग्रुप प्रा.लि.
  • सूचना विभागमा दर्ता नं. : २००१।०७७–०७८
  • कार्यालय सम्पर्क
  • Lazimpat, Ranibari- Kathmandu - 3
    +977 01 4240666 / 977-014011122
    Admin: [email protected]
    News: [email protected]
    विज्ञापनका लागि सम्पर्क
  • +977 9802082541, 9802060000
    [email protected]
साइट नेभिगेशन
  • गृहपृष्‍ठ
  • समाचार
  • विशेष
  • अन्तर्वार्ता
  • एबीसी विज
  • जीवनशैली
  • मनोरञ्जन
  • विचार
  • SS Opinion
एबीसी मिडिया ग्रुप प्रा.लि.टीम
  • अध्यक्ष / प्रधान सम्पादक : शुभशंकर कँडेल
  • प्रबन्ध निर्देशक : शारदा शर्मा
  • सम्पादक : डण्ड गुरुङ
  • सह-सम्पादक : कविराज बुढाक्षेत्री
©2026 ABC NEWS NEPAL | No.1 News channel of Nepal | Website by Appharu