काठमाडौं, २८ चैत्र । नेपाल प्रहरीका नायव महानिरीक्षक डीआईजी रमेश खरेलले पदबाट राजीनामा दिने भएका छन्। प्रहरीको आइजिपी नियुक्तिमा असन्तुष्टि जनाउँदै खरेलले राजीनामा दिन लागेका हुन्। उनले राजीनामा दिने बताउदै सामाजिक संजाल फेसवुकमा समेत आफु राजीनामा दिन लागेको बताएका छ ।
सरकारले आफूभन्दा ११ महिना पछाडी प्रहरी सेवामा आएका सर्वेन्द्र खनाललाई आइजिपी नियुक्त गरेपछि खरेल राजीनामा दिने निर्णयमा पुगेका हुन्। उनले आफू अपमानित भएर प्रहरी संगठनमा नबस्ने संकेत गरेका छन्। ‘यस्तै भयो के गर्ने ? अब बाहिरै बसेर संगठनलाई सघाउँछु’, फेसबुकमा भनेका छन् ।
आफूले प्रहरी संगठनको नेतृत्व गर्ने बेला आउँदा सरकारले पद्धति मिचेर रोकेको उनको गुनासो छ।
सरकारले प्रहरी महानिरीक्षकमा डीआईजी सर्वेन्द्र खनाललाई नियुक्त गरेको छ। मंगलबार साँझ बसेको मन्त्रिपरिषद बैठकले डीआइजी बढुवामा एक नम्बरमा रहेका खनाललाई प्रहरी संगठनको नेतृत्व सुम्पिएको हो। एसएसपीसम्म बढुवा हुँदा रमेश खरेल १ नम्बरमा भएपनि डिआइजी बढुवा हुँदा २ नम्बरमा झरेका थिए।
प्रतिक्रिया दिनुहोस्