काठमाडौं, २८ चैत । वैदेशिक रोजगार विभागमा बिचौलिया बनेर सेवाग्राहीलाई ठग्ने २९ जना प्रहरीको फन्दामा परेका छन् ।
वैदेशिक रोजगार विभागको ताहाचलस्थित श्रम कार्यालय अगाडि श्रमको फारम भराउने नाममा अवैध रकम असुलिरहेका उनीहरुलाइ पक्रिएको महानगरिय प्रहरी परिसर काठमाडौंका डिएसपी मोहनकुमार थापाले जानकारी दिनुभयो ।
विभागमा सेवाग्राही ठगिएको गुनासोको आधारमा सेवाग्राही बनेर सादा पोशाकमा खटिएका प्रहरीलाई नै बिचौलियाले ठग्न खोजेपछि उनीहरु प्रहरीको फन्दामा परेका हुन् ।
सेवाग्राहीले बिचौलियाले श्रमको फारम अनलाइन भर्ने र वैदेशिक रोजगारमा जानेहरूको बीमा गरिदिने नाममा २५ सय रुपैयाँसम्म असुल्ने गरेको गुनासो गरेपछि उनीहरुलाई पक्रिन सादामा पोशाकमा प्रहरी खटिएका थिए । यसअघि गएको फागुन २३ गतेपनि ३५ जना पक्राउ परेका थिए ।
पक्राउ परेका बिचौलियाहरु :
१ जिल्ला दोलखा भिरकोट ९ वतन बताउने बर्ष २३ को रबि तामाङ्ग ।
२ जिल्ला गोरखा आरुआर्मा ६ वतन वताने बर्ष २२ को राजेन्द्र गुरुङ्ग
३ जिल्ला स्याङ्गजा भिरकोट ५ वतन बताउने बर्ष ३२ को ऐन ब. चम्रकार ।
४ जिल्ला मकमानपुर पालुङ्ग ९ वतन बताउने राम बहादुर पन्त ।
५ जिल्ला रुपन्देही कालिका न. पा. १३ वतन बताउने उज्वल पन्त ।
६ जिल्ला सर्लाही सरिवन ११ वतन बताउने राधेश्याम थापा ।
७ का. जि. का. म. न. पा. १४ वतन बताउने बिवेक खड्गी ।
८ जिल्ला झापा ज्यामिरगढी ७ वतन बताउने दिपेन खवास ।
९ जिल्ला चितवन दारेचोक २ वतन बताउने हरिचन्द्र गुरुङ्ग
१० जिल्ला गोरखा सौरपानी ४ वतन बताउने अन्जन ढकाल ।
११ जिल्ला तनहु व्या. न. पा. ६ वतन बताउने बिशाल दराई ।
१२ जिल्ला काभ्रे मन्दनदेउपुर ८ वतन बताउने सुनिल श्रेष्ठ ।
१३ का. जि. का. म. न. पा. वडा नं. १३ वतन बताउने राहुल कार्की ।
१४ ऐ. ऐ. बताउने राज कुमार श्रेष्ठ
१५ ऐ. ऐ. बताउने विजय लामा ।
१६ जिल्ला गोरखा धावा २ वतन बताउने जिवन बि. क. ।
१७ ऐ. भिमसेन ४ वतन बताउने सन्तोस बि. क. ।
१८ ऐ. सहिदलखन वतन बताउने सिर्जना मगर ।
१९ जिल्ला रामेछाप दोरम्बा ५ वतन बताउने संगिता मगर ।
२० का. जि. का. म. न. पा. ९ वतन बताउने सानु लामा ।
२१ जिल्ला धादिङ्ग निलकण्ठ ६ वतन बताउने सिता मगर ।
२२ जिल्ला बेथानचोक ५ वतन बताउने राम शरण श्रेष्ठ ।
२३ जिल्ला रुपन्देही करौता ९ वतन बताउने रामकिसन धरिकार ।
२४ जिल्ला धादिङ्ग ज्वालामुखी ३ वतन बताउने चन्द्र श्रेष्ठ ।
२५ जिल्ला दोलखा पोवटी वतन बताउने बिदुर खड्का ।
२६ जिल्ला मोरङ्ग ओर्लावारी ५ वतन बताउने पुष्पराज भटृराई ।
२७ ऐ झापा भद्रपुर ५ वतन बताउने श्याम मेचे ।
२८ का. जि. टोखा न. पा. १२ वतन बताउने सुजन सापकोटा ।
२९ जि. सिन्दुली हरिहरपुर ५ वतन बताउने पुष्प कुमार राई ।
३० जि. गोरखा भिमसेन ३ वतन बताउने बिकास खनाल ।
३१ का. म. न. पा ३५ वतन बताउने सागर पराजुली ।
३२ जि. गोरखा सौरापानी १ वतन बताउने गोकर्ण प्रसाद ढकाल ।,
३३ ऐ. ३ वतन वताउने संदिप ढकाल ।
३४ जि. काभे्र तिमाल ४ बताउने तेन्जिन लामा ।
३५ जिल्ला मोरङ्ग सुन्दर हरैजा ११ वतन वताउने रामचन्द्र पोखरेल ।
प्रतिक्रिया दिनुहोस्